भेरी करिडोरका लागि ४ अर्ब २० करोड स्रोत सुनिश्चित

भेरी करिडोरका लागि ४ अर्ब २० करोड स्रोत सुनिश्चित
सुन्नुहोस्

डोल्पा : रणनैतिक महत्त्वको भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ । करिडोरअन्तर्गतको तल्नुबगरदेखि दुनैसम्मको सडकखण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षका लागि संघीय सरकार मातहतको अर्थ मन्त्रालयबाट ४ अर्ब २० करोड रुपैयाँ स्रोत सुनिश्चित भएको हो ।

उक्त बजेटबाट सडकलाई दुई लेनको बनाउन डबल कटिङ, कालोपत्रेलगायतको काम गरिने बताइएको छ । डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढाले लामो प्रयासबाट भेरी करिडोरमा बजेट व्यवस्थापन गर्न सफल भएको बताए । यसका लागि डोल्पाका सांसद, राजनीतिक दल, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको सहयोग रहेको बताए । सांसद बुढाले बजेट व्यवस्थापनका लागि नेपाल सरकारलाई विशेष धन्यवाद दिएका छन् ।

यस करिडोरका बीचमा पर्ने पुलहरू निर्माणका लागि बजेट जुटाउन भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित मन्त्री सकारात्मक रहेकाले छिट्टै टुंगिने उनको भनाइ छ । यो करिडोर रणनैतिक रूपमा नेपाल भारत सीमा क्षेत्रमा पर्ने बाँके जिल्लाको जमुनाहबाट सुरु भई सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम, डोल्पाको दुनै, धो तिन्जे हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पुगेर टुंगिन्छ ।

भेरी करिडोर कार्यालयको जाजरकोटका अनुसार छिन्चु मोरिम्लासम्मको सडकको कुल लम्बाइ ३ सय १७ किलोमिटर छ । जसमध्ये छिन्चुदेखि जाजरकोटसम्म १ सय ७ किलोमिटर सडक कालोपत्रे छ । जाजरकोटको खलंगा बजारदेखि रिम्न हुँदै रुकुमपश्चिमको चिसापानीसम्मको सडकखण्ड पनि कालोपत्र भइसकेको छ । खलंगा बजारदेखि रिम्नासम्म १६ किलोमिटर सडक यसअघि नै कालोपत्रे भएको हो ।

रिम्नादेखि चिसापानीसम्मको सडकमा केही महिना अघिमात्र कालोपत्रेको काम सकिएको हो । चिसापानीदेखि तल्नुबगरसम्मको ३० किलोमिटर सडक कालोपत्रेको चरणमा छ । भेरी करिडोर कार्यालय जाजरकोटको ९७ करोड बजेटमा रिम्ना–तल्नुबगरसम्मको ४० किलोमिटर सडकको कालोपत्रेको काम भइरहेको भेरी करिडोर कार्यालयका प्रमुख सुनील रञ्जिकारले बताए ।

साढे दुई वर्षअघि खुलेको ठेक्कामा निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी हेटौंडाले पाएको र अब चालु आर्थिक वर्षभित्रै तल्नुबगरसम्म कालोपत्रेको काम सम्पन्न गर्ने गरी काम भइरहेको रञ्जितकारको भनाइ छ । भेरी करिडोरअन्तर्गत पर्ने ल्यासीक्याप–सिसौलको ३५ किमि ट्र्याक खुलाउन अझै बाँकी रहेको छ ।

दुनै–ल्यासीक्याप–सिसौल–धो–तिन्जे हुँदै मोरिम्ला नाका जोड्ने उक्त सडकखण्डको ल्यासीक्याप–सिसौलसम्मको ट्र्याक खुलाउनै बाँकी रहेको हो । ट्र्याक खुलाउने जिम्मा नेपाली सेनालाई दिने भनिएता पनि मन्त्रिपरिषद्को निर्णय नहुँदा अन्योलमा परेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.