झुम्लाबाङमा फलाम खानी उत्खनन‍् प्रयास

झुम्लाबाङमा फलाम खानी उत्खनन‍् प्रयास
तस्बिर : अन्नपूर्ण

रुकुमपूर्व  : रुकुमपूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा फलाम खानीको प्राविधिक अध्ययन गत वर्ष भएको थियो । खानी तथा भूगर्भ विभागका अनुसार  झुम्लाबाङमा भूगर्भ विभागका भूगर्भविद् डा. सनौक भण्डारी र सुजन देवकोटाको नेतृत्वमा गरिएको प्रारम्भिक अध्ययनले झुम्लाबाङमा धौवादीभन्दा ठूलो फलाम खानी रहेको पुष्टि गरेको थियो।

बिहीबार पनि भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ,वडाध्यक्ष प्रशुराम बुढा मगर , अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली, युवा तथा समाजसेवी,बुद्धिजिवीलगायत टिमले झुम्लाबाङका स्थानीय नागरिकसँग फलाम खानीका प्रतिनिधि र सरोकारवाला निकायसँग डीपीआर विषयमा छलफल गरेको छ ।

फलाम खानीको सम्भावित स्रोतका रूपमा चिनिएको  यस क्षेत्रको खनिज स्रोतको प्राविधिक अध्ययन गर्न सरकार तथा विभिन्न संस्थाहरूले प्रयास गरेका छन्। प्रारम्भिक अनुसन्धान तथा नमूना परीक्षण काम अगाडि बढाएको खानी विभागका प्रतिनिधिले जानकारी दिएका छन् । झुम्लाबाङमा फलाम खानीको ठूलो सम्भावना रहेको प्रारम्भिक प्रतिवेदनले यश अघिनै देखाएको छ ।

प्राविधिक अध्ययनले खानी उत्खनन्,प्रशोधन र यसबाट उत्पादन गर्न सकिने फलामजन्य सामग्रीहरूका सम्भावनाहरू वातावरणीय प्रभाव,आर्थिक लाभ र स्थानीयका लागि रोजगारीको सिर्जना जस्ता पक्षहरू पनि मूल्यांकन गरिएको खानी तथा भूगर्भविद्का प्रतिनिधिले बताएका छन् ।

खानी विभागका अनुसार,झुम्लाबाङमा  करिब २० करोड मेट्रिक टन फलाम रहेको प्रारम्भिक अनुमान छ ।  नेपालकै सबैभन्दा ठूलो फलाम खानीको रूपमा स्थापित गर्ने गरि राष्ट्रिय स्तरबाटै छलफल भइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले झुम्लाबाङमा रहेको फलाम खानीले रुकुम पूर्वमा मात्रै नभएर  देशलाई नै आर्थिक रुपमा बलियो बनाउने विश्वास व्यक्त गरे ।

यता झुम्लाबाङका नागरिकलाई भने खानी उत्खनन‍्का कारण आफ्नो बसोबास नै उठिबास हुने हो कि भन्ने  चिन्ताले सताएको छ । खानी उत्खनन् प्रक्रियामा स्थानीय समुदायको हित र पुनर्स्थापनालाई ध्यानमा राखेर सरकारले योजना बनाउनुपर्ने स्थानीयको माग रहेको ओम प्रकाश सुनारले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.