सीमास्तम्भ मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउन नेपाल–भारत डीआईजी स्तरीय छलफल

सीमास्तम्भ मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउन नेपाल–भारत डीआईजी स्तरीय छलफल
सुन्नुहोस्

गुलरिया : सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा वल बीच पाल्पाको तिनाउ ३ स्थित लुम्बिनी केबलकार बुटवल हिलमा सम्पन्न डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठकमा समयमै सीमा स्तम्भहरूको मर्मत तथा सम्भार र दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू संयुक्त प्रयासद्वारा हटाउने लगायतका विषयमा छलफल गरिएको छ। शुक्रवार दुवै समकक्षीहरु बीच यससँगै विविध विषयहरूमा छलफल गरिएको छ।
    
नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खीरीका डिआईजी बी. विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहको नेतृत्वमा बैठक गरिएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३१ हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए। यसअघि डिआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भैसकेको छ।

    
सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यीकरण, सीमा अपराधहरू मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक लगाउने विषयमा समेत छलफल भएको उनले प्रस्ट्याए। 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरूलाई समेत निरन्तरता दिने बारेमा छलफल गरिएको हो। 
    
बैठकमा नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीना लगायत बाहिनी मातहत गणका गणपति र भारतीय सशस्त्र सीमा बलका बटालियन कमान्डरहरू सहभागी रहेको गणपति दाहालले बताएका छन्। बैठकमा वरिष्ठ उपरीक्षक तिउसीनाले स्वागत मन्तव्य राख्दै नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु र त्यसका समाधानका विषयमा प्रस्तुति गर्दै यस्ता किसिमका नियमित बैठकहरूको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरू तत्काल समाधान गर्न सहयोग पुग्ने बताएका छन्।  

डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठकमा सहभागी प्रमुखहरू।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.