डडेल्धुराका साढे सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

डडेल्धुराका साढे सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा ७ हजार ५ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने जनाएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार माघ २२ देखि एचपिभी खोप लगाइने भएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालयका प्रमुख केशर साउँदका अनुसार माघ २२ गते देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका विद्यालयहरूमा खोपकेन्द्र बनाई उक्त खोप लगाइने जनाएका छन्। १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरू विद्यालय नजाने भएमा नजिकैको स्वास्थ्य संस्थामार्फत पनि खोप दिइने प्रमुख साउँदले जानकारी गराए।

डडेल्धुरामा गत वर्ष ३ सय ७५ जनालाई उक्त खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ देखि एचपिभी खोपलाई नियमित सेवामा समावेश गरेको छ। उक्त खोप लगाउँदा महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर नियन्त्रण हुने जनाएका छन्।

नेपाली महिलाहरूमा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ। क्यान्सरका कारण हुने मृत्युमा पहिलो कारण पाठेघरको मुखको क्यान्सर भएकाले यसलाई नियन्त्रण गर्नका लागि नियमित खोप, सरसफाईका साथै व्यायाम र केही समस्या देखिए चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.