अर्घाखाँचीका ९९ प्रतिशतभन्दा बढी घरमा बिजुली

अर्घाखाँचीका ९९ प्रतिशतभन्दा बढी घरमा बिजुली
सुन्नुहोस्

अर्घाखाँची : लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुलीबत्ती बलेको छ।

तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँची जिल्लाका शीतगंगा नगरपालिकाको भित्री गाउँबाहेक अन्य सबै स्थानमा बिजुलीबत्ती पुगेको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले बताए। ‘जिल्लाभर झन्डै ३९ हजार घरधुरीमा मिटर जडान भएका छन्। जिल्लामा रहेका चार वटा सबस्टेसन र छिमेकी जिल्लाका सबस्टेसनबाट विद्युत् सप्लाई भइरहेको छ’, उनले भने। विद्युत् नपुगेको शीतगंगा—९ को घरधुरीलाई विद्युत् विस्तार गर्न बजेट स्वीकृत भएर फाइल अगाडि बढेको विद्युत् प्राधिकरण अर्घाखाँचीका प्रमुख भट्टराईको भनाइ छ। अर्घाखाँची वितरण केन्द्रले जिल्लाभर विद्युत् आपूर्ति सहज ढंगले अगाडि बढेको छ। केन्द्रले विद्युतीय वितरण प्रणालीलाई सुरक्षित बनाउँदै  विद्युतीय घटनालाई शून्यमा झारेर जिल्लाभर वितरण भइरहेको  सूचना अधिकारी खिमराज आचार्यले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका प्रमुख त्रिलोचन भट्टराईले पहाडी जिल्ला भएका कारण विद्युत् आपूर्तिमा असहज हुने भएकाले आपूर्ति व्यवस्थामा सुधार गरिएको बताए । भट्टराईका अनुसार अहिले सेवाग्राही मैत्री विद्युत् कार्यालयका रूपमा परिचित हुने गरी सेवाग्राहीको जनगुनासो तत्काल सम्बोधन गर्ने र कार्यालयमा सेवा लिन आउने ग्राहकको समस्या हेरी १० मिनेटभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको बताए। वितरण केन्द्रले गत वर्ष भोल्टेज सुधार कार्यक्रमअन्र्तगत ११ वटा नयाँ ट्रान्सर्फमर जडान  कार्य सम्पन्न गरेको छ। जसमध्ये एउटा २०० केभीका ट्रान्सर्फमर जडान गरिएकोेले यस वर्ष जिल्लामा विद्युत् लाइनमा कुनै समस्य नआउने गरी सुधार गरिएको भट्टराईको भनाइ छ।

जिल्लामा अहिले विद्युतीय सवारीको चापसमेत बढ्दै गएको छ। विद्युतीय गाडी चार्जिङ स्टेसन जडानका लागि  प्राधिकरणले व्यवसायीहरूलाई सहज सुविधा दिने उद्देश्यले  सहजीकरण गरिरहेको छ। 

विद्युतीय सुरक्षालाई प्राथमिकता दिँदै जिल्लाभरिका विभिन्न स्थानहरूमा रहेका जोखिमपूर्ण वितरण ट्रान्सर्फमरहरूमा घेराबार गर्ने काम सम्पन्न गरेको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका सूचना अधिकारी खिमराज आचार्यको भनाइ छ। जसअन्तर्गत मालारानी गाउँपालिकामा २४, शीतगंगा नगरपालिकामा २०, पाणिनि गाउँपालिकामा ३, सन्धिखर्क नगरपालिकामा ३ र छत्रदेव गाउँपालिकामा ६ गरी ५६ वितरण ट्रान्सर्फमरहरूमा घेराबार कार्य सम्पन्न भएको हो। विद्युत् वितरण प्रणालीलाई सुरक्षित तथा जोखिममुक्त बनाउने क्रममा बजार क्षेत्र र घनाबस्ती क्षेत्रमा नांगो तारलाई विस्थापित गरी कालो तार जडान गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.