८० वर्षीय छयाङी लामा तीन सातादेखि बेखबर

८० वर्षीय छयाङी लामा तीन सातादेखि बेखबर
सुन्नुहोस्

गोरखा : गत पुस २५ गतेदेखि हराइरहेका सिरानडाँडाका ८० वर्षीय छ्याङी लामा अझै फेला परेका छैनन्। अजिरकोट गाउँपालिका–२ सिरानडाँडास्थित घरबाट अपरान्ह भैँसी खोज्न निस्केका उनी १८ दिन बितिसक्दा पनि नफर्केका वडाअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।

जंगलमा चर्न गएको भैँसी खोज्न भनी अपरान्ह चारबजेतिर घरबाट निस्केका लामा रातिसम्म नफर्केपछि भोलिपल्टदेखि स्थानीयवासी, जनप्रतिनिधि, प्रहरीको संयुक्त टोली निरन्तर खोजी गरिरहेको थियो। चार दिन लगातार खोज्दा पनि नभेटिएपछि खोज्नसमेत छोडिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए।

‘भच्चेक चौकीको प्रहरी, जौबारी इलाका प्रहरी कार्यालयको प्रहरी र पोखराबाट कुकुरसहितको प्रहरी टोलीले पनि खोजी गरेको हो’, उनले भने, ‘संयुक्त रूपमा चारदिनसम्म लगातार खोजी गर्दा पनि भेटिएन। आजभोलि त्यसरीचाहिँ खोजेको छैन।’ तिब्बत केरुङमा जन्मेका छेङी चार वर्षको उमेरमा नेपाल प्रवेश गरेका थिए। चुमनुब्री ७ निले र छ्योकङमा १२ वर्षको उमेरसम्म बसेपछि उनी आमासँग सिरानडाँडामा आएर बसोबास गरेका थिए। उनको अझै खोजी गरिदिन परिबारजनले माग गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.