झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको खोप लगाइँदै

झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको खोप लगाइँदै
सुन्नुहोस्

झापा : झापा जिल्लामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ८ हजार ९८१ सहित विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका ४६ हजार १८ गरी ५४ हजार ९९९ जना किशोरीलाई एचपीभी खोप लगाउने जनाएको छ। 

माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि माघ २९ गतेसम्म एचपीभी खोप अभियान जिल्लाभर सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। 

स्वास्थ्य कार्यालयमा मंगलबार आयोजना गरेको एचपीभी खोप अभियान अन्तरगत सञ्चारकर्मीहरुसँग गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य प्रमुख बाह्रकोटीले विद्यालय भन्दा पनि विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोप लगाउने चौनती देखिएको बताए। कोभिड-१९ जस्तै यो खोप पनि अतिआवश्यक रहेकाले विद्यालय बाहिर रहेका किशोरीहरूको पहिचान गरी एक डोज खोप लगाउन स्वास्थ्यकर्मी र स्वयमसेवक वडा-वडामा परिचालन गरिने उनको भनाइ छ।

मेचीनगर, दमक र बिर्तामोडमा माघ २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । अन्य पालिकाहरुमा माघ २७ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य अधिकृत प्रवीण पाठकले जानकारी दिए। उनका अनुसार जिल्लाभर ५७५ विद्यालयमा सञ्चालन हुने खोप अभियानमा ७५५ खोप केन्द्र, ७८१ स्वास्थ्यकर्मी र एक हवार ५१५ स्वयमसेवक खटाइने बताए। पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा रहेको तथ्याङ्कमा उल्लेख छ। अन्य क्यान्सर रोगभन्दा नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको संख्या पहिलो नम्बरमा पर्छ। 

नेपालमा हरेक एक दिनमा चारजनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको जनस्वास्थ्य अधिकृत पाठकको भनाइ छ। यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन्। एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन्। यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ  भने यस मध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ। त्यसैले किशोरीहरुलाई सिकोलिन नामक एचपीभी खोप लगाइने उनले बताए।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.