सालिकमा माल्यार्पण गरेर सहिदको गरियो सम्झना

सालिकमा माल्यार्पण गरेर सहिदको गरियो सम्झना
सुन्नुहोस्

काठमाडौं : प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाएको छ । सहिद दिवसका अवसरका काठमाडौं महानगरपालिकाले काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरूको सम्झनामा स्मृति सभा आयोजना गरेको छ ।

स्मृति सभा सुरु हुनुअघि शान्ति बाटिकाबाट सुरू भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो । सो अवसरमा  महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन्।

उनले सहिदहरूको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनु पर्ने बताइन् ।

राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको उनको भनाइ छ।

सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आएको छ । माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान रहेका सहिदहरूका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.