डोल्पामा आगलागीमा परी ७५ वर्षीय वृद्धको मृत्यु

डोल्पामा आगलागीमा परी ७५ वर्षीय वृद्धको मृत्यु
सुन्नुहोस्

डोल्पा : डोल्पाको मुड्केचुला गाउँपालिकामा आगलागीमा परी ७५ वर्षीय वृद्धको मृत्यु भएको छ। वडा नम्बर-४ ईल स्थित गाउँमा रहेको बादी कामीको घरमा बिहान ९ बजे आगलागी हुँदा ७५ वर्षीय वृद्ध बादी सार्कीको सुतेको अवस्थामै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

उनका अनुसार वृद्ध अवस्थाका ७५ वर्षीय बादी कामी अस्वस्थता कारण घरभित्र अगेना नजिक सुतिरहेको अवस्थामा ओढेको बल्याङ्केट चुलोमा परेर जल्दा आगलागी भएको बताइएको छ।

आगलागीबाट दुईतले माटो ढुङ्गा र काठले बनेको घर जलेर पूर्वरूपमा ध्वस्त भएको छ। मृतक कामीका ज्वाइँ र छोरी काम विशेषले खेतबारीमा गएको अवस्थामा घर आगलागी भएको थियो।

आगलागी पछि ईल स्थित प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय मिलेर गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरिएको थियो। आगलागीको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलीसमेत घटनास्थल गएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.