महोत्तरीका ३ विद्यालय विज्ञान प्रवर्द्धन कार्यक्रमका लागि चयन
![महोत्तरीका ३ विद्यालय विज्ञान प्रवर्द्धन कार्यक्रमका लागि चयन](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
महोत्तरी : नेपाल सरकारले महोत्तरीका ३ विद्यालयलाई विज्ञान प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको छ। गौशालाका त्रिभुवन मावि, जलेश्वरका लक्ष्मी चण्डी मुरारका मावि र पिपराका रामनारायण अयोध्या माविलाई सो कार्यक्रम सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो।
अब ती विद्यालयहरूमा नेपाल सरकारबाट स्वीकृत प्राप्त पाठ्यक्रम तथा पाठ्यपुस्तक/थप पाठ्यसामग्री लागू गरि पठनपाठन हुने जिल्ला शिक्षा समन्वयन इकाई महोत्तरीले जनाएको छ। आवश्यक पूर्वाधारसहित त्यहाँ अगामी शैक्षिक सत्रबाट विज्ञान विषयको पठनपाठनका लागि उचित प्रबन्ध गरी शैक्षिक कार्यक्रम सुचारु गरिने भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)