पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस' अभियान
![पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस' अभियान](https://annapurnapost.prixacdn.net/media/albums/Pokhara_Tourism_Ae8NdeEyAy_TXPvF0FaM0.jpg)
पोखरा : पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचार गरिएको छ। पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो।
पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सवमा-२०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए। ‘यो महोत्सवमा स्टल राखे पछि पोखराबासीहरूले मधेस घुम्ने इच्छा ब्यक्त गर्नु भएको छ,’ उनले भने, ‘मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ। धेरैजना उत्साहित हुनुभएको छ।’
मधेस प्रदेश सरकार, उधोग बाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस बुझौं मधेस’ को स्टलमा हालसम्म हजारौ मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाई नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ। सो महोत्सवको उद्घाटन नै मिथिलाको झिंझिया र थारू नृत्युबाट सुरू भएकाले पोखराले मधेसलाई महत्त्व दिएको उनले बताए। ‘पोखरा महोत्सवको उदघाटनबाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो। यसले हिमालको काखमा रहेकाहरूलाई मधेसको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ।’
त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहनेसमेत जनाएका छन्। ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भूमिमा जानुपर्छ, मधेसका समथर भुमीमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन्।’ मुख्यमन्त्री पाण्डेले सांस्कृतिक आदन प्रदानको कार्यक्रमहरू दुवैतर्फ गरिनु पर्नेमा पनि जोड गरेका छन्। दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)