न्यूयोर्कमा रहेका नेपाली विद्यार्थीलाई जिपीके फाउन्डेशन अमेरिकाको सहयोग

न्यूयोर्कमा रहेका नेपाली विद्यार्थीलाई जिपीके फाउन्डेशन अमेरिकाको सहयोग
सुन्नुहोस्

न्यूयोर्क : अमेरिकामा बदलिदो राजनैतिक परिस्थितिबाट समस्या परेका न्यूयोर्कका कलेज/विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी दुई महिने सहयोग अभियान सुरू गरेको छ । जिपिके फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार हाललाई २५ जना नेपाली विद्यार्थीका लागि दुई महिनासम्म खाद्यान्न सहयोगस्वरुप उपलब्ध गराइनेछ ।

‘अमेरिकाको सरकारले पछिल्लो समय लिएको नीतिका कारण केही नेपाली विद्यार्थी समस्या परेका छन्,'उनले भने, ‘अप्ठयारो परिस्थितिमा केही सहायता गरौं भनेर  हामीले उनीहरूलाई दुई महिनासम्मका लागि अत्यावश्यक सामानहरू उपलब्ध गराउनेछौं ।’यसका लागि न्यूयोर्कभित्र रहेका नेपाली विद्यार्थीलाई जिपिके फाउन्डेशन अमेरिका च्याप्टरमा सम्पर्क राख्ने आग्रह गरेका छन् ।

अमेरिकाको चर्चित अनलाइन न्यूजपोर्टल खबरमालाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अवैध आप्रवासीमाथि चलाएको धरपकड  अभियानका कारण विद्यार्थीहरू काममा जान छाडेका छन् । 

पक्राउसँगै कागजात नभेटिएका र अपराधिक गतिविधिमा संलग्नहरू द्रुत गतिमा डिर्पोटेसन गर्न थालिएपछि डराएर विद्यार्थीहरू काममा जान छोडेका छन् भने सञ्चालकले पनि केहि समय घरमै बस्न विद्यार्थी र अन्य कामदारलाई अनिश्चित समयका लागि विदा दिएका छन् ।

अमेरिकामा रहेका ग्यास स्टेसन र रेष्टुरेन्टहरूमा झण्डैं ३० प्रतिशत कामदार कागजात नभएका वा विद्यार्थीहरू काम गरिरहेको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.