टुँडिखेलमा सोनाम ल्होसारको रौनक

काठमाडौं : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यसै अवसरमा काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन्।
ल्होसारको अवसरमा टुँडिखेलमा महोत्सवको आयोजना गरी विभिन्न झाँकीसहित तामाङ समुदायका परिकारहरू राखिएका छन् भने कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका छन्।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ।
प्रतिक्रिया दिनुहोस !
