पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं : त्रिदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। टियु रंगशालामा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्डससँग २० रनले पराजित भएको हो।
नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा १३७ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक २८ रन बनाइन्। त्यस्तै कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि रोविने रिज्केले अविजित ५९ रन बनाइन्। त्यस्तै स्टेरी कालिसले २९, हिदर सिजर्सले २३ र इरिस ज्विलिङले अविजित ३१ रन बनाइन्।
नेपालले अर्को खेल थाइल्यान्डसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !
