भद्रपुर झापा गोल्डकप सुरु, दार्जिलिङमाथि आयोजकको संर्घषपूर्ण जित

भद्रपुर झापा गोल्डकप सुरु, दार्जिलिङमाथि आयोजकको संर्घषपूर्ण जित
सुन्नुहोस्

झापा : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता बुधafरदेखि सुरु भएको छ। भद्रपुरस्थित मेची रंगशाला भएको उद्‍घाटन खेलमा घरेलु टोली आयोजक भद्रपुर ब्लेजर्सले पाहुना टोली भारत दार्जिलिङ पुलिस फुटबल क्लबमाथि संर्घषपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस फुटबल क्लबलाई ४-३ गोल अन्तरले पराजित गरेका थिए । 

दर्शकले भरिभराउ अत्यन्तै रोमाञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोस १८ याडबाट दोस्रो वार च्याप्दै गरेको प्रहार गोल भएको थियो। खेलको ३९औं मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोल रक्षक निगम सिंहबाट रिवाउन्स भएको थियो। सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईँले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्‍याएका थिए । खेलको ४२ औं मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिङ्गल खेल्दै गोल गर्न सफल भए। दार्जिलिङका गोलरक्षक सिंहसँग वान-टु-वान स्थितिमा उनले गोल गरे । खेलको ७२ औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे। 

पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सृजना गरेको थियो। खेलको ५०औं मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे। खेलको ५५औं मिनेटमा नयन प्रधानले अर्को गोल थपे। आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे। खेलको ७० औं मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याए पनि प्रतियोगिताबाट बाहिरिनु पर्‍यो। खेलको ३४औं मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर बचाउ गरे। ५३औं मिनेटमा आशिष चापागाईँले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन्। खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन। टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाब सृजना गरेको भएपनि पहिलो खेलबाटै घर फर्कियो। खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए। उनले नगद २१ हजारसहित टर्फी पाएका छन्।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको धारणा राखे। उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको र आगामी खेलमा यसलाई सुधारेर लैजाने बताए। उता दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेल्नु परेको बताए। टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ । खेलको दोस्रो हाफमा खेलाडीले मैदानमा राम्रो प्रदर्शन गरेपनि एक गोलले हार बेहोर्नु परेको उनको भनाइ छ। बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजक समितिले जनाएको  छ। 

गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन्। गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी छन्।  गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ। गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.