४५ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
महोत्तरी : जिल्लामा रहेका ४५ हजारभन्दा बढी किशोरीहरूलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ। सो खोप विभिन्न चरणमा गरी लगाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ।
पहिलो चरणमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्रालाई विद्यालयमै पुगेर खोप दिइने भएको छ। त्यस्तै विद्यालय वाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई गाउँमा पुगि खोप लगाइने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दियो। ।
उक्त कार्यक्रमको दौरान स्वास्थ्य कार्यालयले एचपीभीविरुद्धको खोपको प्रभावकारिता र यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायसँग अन्तर्क्रियात्मक कार्यक्रम लगायत अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिसकेको स्वास्थ्य कार्यालय जलेश्वरका प्रमुख नवल किशोर साहले बताए। यस खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ र किशोरीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउने भएकोले जिल्लाभरि यो अभियान सुचारु हुने भएको प्रमुख साहले जानकारी दिए।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ २२ गतेदेखि देशभर एचपीभी खोप निःशुल्क उपलब्ध गराउने योजना बनाएको छ। यस अभियानमा कक्षा ६ देखि १० वर्षका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई समेट्न लक्ष्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस !