ह्वाइट हाउसमा २४ घन्टामा ७,४०० भन्दा बढी नयाँ मिडियाको रिक्वेस्ट
वासिङटन डिसी : ह्वाइट हाउसमा पहिलो २४ घन्टामा ७,४०० भन्दा बढी नयाँ मिडियाका रिक्वेस्टहरु आएको ह्वाइट हाउसकी मिडिया सेक्रेटरी क्यारोलिन लेभिटले जनाएकी छन्।
मंगलबार घोषणा भएपछि पहिलो २४ घण्टामा नै "नयाँ मिडिया" मा संलग्न हुनका लागि ७,४०० भन्दा बढी अनुरोधहरू आएको उनले जनाएकी हुन्।
क्यारोलिनले मंगलबार ह्वाइट हाउसले गैर-परम्परागत, समाचार-सम्बन्धित सामग्री सिर्जनाकर्ताहरूलाई प्रेस सचिव र अन्यसँग प्रत्यक्ष कुराकानी गर्ने मौका दिने घोषणा गरेकी थिइन्। त्यसलगत्तै हजारौं नयाँ मिडियाका अनुरोधहरू प्राप्त भएका हुन्।
ट्रम्प प्रशासनको बारेमा सत्य कुरा साझा गर्न प्रेसलाई ध्यान केन्द्रित गर्न आह्वान गर्दै लेविटले मंगलबार आफ्नो पहिलो प्रेस ब्रीफिंग दिएकी थिइन्। जसको क्रममा उनले गैर-परम्परागत मिडियाको लागि "नयाँ मिडिया सिट" घोषणा गरेकी थिइन्। साथै ब्लगरहरूको लागि लिङ्क पनि घोषणा गरेकी छन्।
उनले स्वतन्त्र पत्रकार, पोडकास्टर, सामाजिक सञ्जाल इन्फ्लूएन्सर र कन्टेन्ट क्रियटरलाई ह्वाइट हाउसको समाचार कभर आवेदन दिन अनुरोध गरेकी थिइन्।
लेविटले मंगलबार ह्वाइट हाउसले बाइडेन प्रशासनको समयमा पहुँच गुमाएका ४०० भन्दा बढी पत्रकारहरूको मिडिया प्रमाणहरू पुनर्स्थापित गर्ने पनि जनाएकी थिइन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ब्लगर, सामाजिक सञ्जाल इन्फ्लुएन्सर र पोड्कास्टकर्ताहरुलाई ह्वाइट हाउस (अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय)मा 'नयाँ मिडिया' को लागि सिट बाँडफाँड ' घोषणा गरेको थियो।
ट्रम्पका प्रेस सचिव क्यारोलिन लेभिटको नेतृत्वमा गरिएको यो कदमको उद्देश्य पहिले प्रेस सम्मेलन कक्षमा उपस्थित नभएका मिडिया समूहहरूलाई प्रतिनिधित्व प्रदान गर्नु रहेको जनाइएको थियो।
"लाखौं अमेरिकीहरू, विशेष गरी युवाहरूले, टेलिभिजन र पत्रपत्रिका जस्ता परम्परागत च्यानलहरूको सट्टा पोडकास्ट, ब्लग, सामाजिक सञ्जाल प्रभावकारी र अन्य स्वतन्त्र प्लेटफर्महरू मार्फत आफ्ना समाचारहरू प्राप्त गरिरहेका छन्,' लेभिटले मंगलबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा भनेकी थिइन्,"हाम्रो टोलीको लागि राष्ट्रपति ट्रम्पको सन्देश व्यापक स्तरमा पुर्याउनु र २०२५ को उदीयमान मिडिया परिदृश्यको लागि ह्वाइट हाउसलाई उपयुक्त बनाउनु महत्त्वपूर्ण छ।'
प्रतिक्रिया दिनुहोस !