जंगलमा आगो लगाउने पक्राउ
रुकुम पूर्व : जंगलमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डिम्मुर गहिराका ६१ वर्षीय प्रेमबहादुर कामी रहेका छन्।
उनलाई वन ऐनअन्तर्गत पक्राउ गरी कारबाही सुरू गरिएको सहायक वन अधिकृत नवराज शाहीले बताए। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ६ र १३ स्थित जंगलमा आगो लागेको छ।
प्रतिक्रिया दिनुहोस !