समन्वयले सम्भव छ

समन्वयले सम्भव छ

विद्यालय र समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दा हामीले धेरै अनुभव/अनुभूति सँगालेका छौं। क्यान्सर रोगलाई परास्त गर्न सफल भएका हामी क्यान्सर सर्भाइभर्स (विजेता) झन्झन् सक्षम हुँदै जनचेतना फैलाइरहेका छौं। हामीबीचका एकताले रोगमाथि विजय प्राप्त गर्न झन् हौसला मिलेको छ। जनचेतना जगाउने हाम्रो अभियानमा अन्नपूर्ण पोस्ट दैनिकको पनि साथ पाएका छौं। हाम्रो यो अभियानमा सबैबाट प्राप्त सहयोग र समर्थनप्रति हामी कृतज्ञ छौं।

विश्व क्यान्सर दिवसलाई हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाइरहेका हुन्छौं। हामी क्यान्सरसम्बन्धी जनचेतना, मनोपरामर्श, विद्यालयस्तरमा सचेतना, स्क्रिनिङ क्याम्प तथा र्‍याली गर्दै आइरहेका छौं। जनचेतना कार्यक्रममा विज्ञ चिकित्सक, नर्समात्र नभई क्यान्सर रोगसँग जुधेर विजय हासिल गरेका क्यान्सर विजेताको भूमिका पनि उत्तिकै महŒवपूर्ण हुन्छ। क्यान्सरसँग लडिरहेकाहरूलाई क्यान्सरका बिरामीको रूपमा नहेरेर आम मानिसका रूपमा हेरिनुपर्छ।हरेक व्यक्तिमा अन्तरनिहित केही न केही क्षमता हुन्छ। जसको क्षमतालाई क्यान्सर रोगले समेत हार खानुपर्छ। समाज र घरपरिवारले क्यान्सरका बिरामीप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ। तबमात्र क्यान्सरका बिरामीहरूले आफ्नो अद्भुत क्षमतालाई तिखारेर समाजमा बलियो अस्तित्व कायम गर्न सक्छन्। क्यान्सरविरुद्धको जनचेतना हाम्रो प्रतिबद्धता हो। हामी हाम्रै हो। विगत सात वर्षदेखि नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले विद्यालय र समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं। समुदायस्तरमा क्यान्सर सचेतनामूलक कार्यक्रम र क्यान्सर विशेषज्ञबीच बिरामीको अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं। यसरी तीन किसिमका कार्यक्रमबाट धेरै जनाले जानकारी र स्वास्थ्य लाभ पाएको महसुस गरेका छौं। हाम्रो संस्था स्वयंसेवी हो। क्यान्सर रोगसँग लडेर जित हासिल गरेका सर्भाइभर्सलाई एकजुट बनाउँदै खोलिएको यो संस्था पूर्णरूपमा स्वयंसेवी संस्था हो। जसले ग्रामीण जनतासँग प्रत्यक्ष कार्यक्रम गर्दा महिला दिदीबहिनीलाई लक्षित गरेका छौं। अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा गर्दा समुदायस्तरमा क्यान्सर सचेतनामूलक कार्यक्रम अति नै प्रभावकारी छ। यस वर्ष हामीले पूर्वदेखि पश्चिमसम्म जनचेतनमूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं। हाम्रो प्रस्तावलाई स्वीकार गरेर कार्यक्रमलाई झन् प्रभावकारी बनाउन कतिपय संघसंस्थाले सहयोग गरेका छन्। पूर्व झापा, मोरङ र सुनसरी गएर विद्यालयमा जनचेतना कार्यक्रम आयोजना गर्दा विद्यार्थीका कौतुहलपूर्ण जिज्ञासा भेट्यौं।

धेरै छात्रामा महिनावारी गडबडी भएको पाइएको थियो। जुनकुरा उनीहरूले चिकित्सकसँग खुलेर बताएका थिए। क्यान्सरका बारेमा जनचेतना अझै पुगेको छैन। किनकि, विज्ञ चिकित्सकहरूलाई अस्पताल र क्लिनिकमा सेवा गर्दागर्दै समय बितेको छ। चिकित्सकहरूसँग समयको कमी भएकाले समुदायस्तरमा हामीले गरेको कार्यक्रम प्रभावकारी र लाभदायक रहेको प्रतिक्रिया पाएका छौं। हामीसँग एक छात्राले स्तनबाट धमिलो पानी आएको बताइन्। सम्बन्धित चिकित्सकलाई भेट्न सुझायौं।

अहिले क्यान्सर भयावह रूपमा बढ्दै गएको छ। कतिपय घरपरिवारमा क्यान्सरको समस्या छ। तर, थाहा छैन। त्यसैले पनि विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम महŒवपूर्ण छ। हामीले एक सय विद्यार्थीलाई सचेत बनाउन सक्यौं भने त्यो गुणात्मक किसिमले वृद्धि हुनेछ। हामीले कार्यक्रम सञ्चालन गर्दा र विद्यालय छनोट गर्दा वडा नगरपालिका, प्याब्सनका अध्यक्ष आदिसँग सहकार्य गरेका थियौं। हामीसँग साधनस्रोत सीमित भएका कारण चाहना हुँदाहुँदै पनि विद्यालयहरूमा थप कार्यक्रम गर्न सकेनौं। विद्यालयहरूको अनुरोधलाई स्वीकार्न 
असमर्थ भयौं। 

हामीले समुदायस्तरीय कार्यक्रम गर्‍यौं। आमासमूह, टोल विकास समूह, सहकारीका महिलाहरू, बिमा कम्पनीका अभिकर्ताहरू, एक महिला समूहमा पुग्यौं। चितवन, कास्कीलगायतका जिल्लामा क्यान्सर विशेषज्ञ र नर्सहरूको टोली नै लिएर पुग्यौं। क्यान्सर सम्बन्धमा जानकारी दिँदै सहभागिता धेरै नै थियो। सहभागीबाट उठेका जिज्ञाशाको विज्ञ चिकित्सकहरूले जवाफ दिनुभएको थियो। कतिपय महिला स्तन परीक्षण, म्यामोग्रामको बारेमा अनविज्ञ रहेको पायौं।

आफ्नो स्तन कसरी आफैं परीक्षण गरेर सम्भावित समस्याबाट जोगिन सकिन्छ ?    भन्ने विधिबारे जानकारी गरायौं। विद्यालयमा अध्ययनरत छात्राहरू र समुदायमा रहेका दिदीबहिनीले रुचिका साथ सिकेको पायौं। कतिपय दिदीबहिनीले महिनावारीबाट नै यस विधिलाई प्रयोग गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो। महिनाबारी रोकिएका महिलाहरूले कुन समयमा स्तन परीक्षण गर्ने भन्ने बारेमा पनि विशेषज्ञहरूले दिदीबहिनीहरूलाई जानकारी गराउनुभयो। दशकको अवधिमा सबै खाले क्यान्सरका बिरामी झन्डै १३ प्रतिशतले वृद्धि भइरहेको तथ्यांक छ। क्यान्सर रोग रोकथाम र नियन्त्रणका लागि नीतिगत पहलहरू नभएका होइनन्। सरकारले पनि क्यान्सर नियन्त्रण रणनीति बनाएको छ। क्यान्सर रोग रोकथाम र नियन्त्रणका लागि सर्वपक्षीय सहयोग र समन्वय आजको आवश्यकता हो।

क्यान्सर विशेषज्ञ र नर्सहरूलाई साथमा लिएर हामी एक विद्यालयमा गयौं। स्तन परीक्षण गराउँदा कक्षा १२ मा अध्ययनरत दुई छात्रामा समस्या भएको पाइयो। हामीले थप जाँच परीक्षणका लागि सहजीकरण गर्‍यौं।
खनाल , नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.