जुत्ता-चप्पल सिलाएरै गुजारा

जुत्ता-चप्पल सिलाएरै गुजारा

रुकुम पूर्व : रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा एक वृद्ध दिनभर बाटोमा बसेर जुत्ता–चप्पल सिलाउँदै आएको २० वर्ष भन्दा बढी भएको छ। 

सिस्ने गाउँपालिका–६ का पलभान बस्याल ७६ वर्षको भए। ७६ वर्षीय वृद्ध बस्यालले ५६ वर्ष हुँदा देखि नै सिस्ने–६ स्थित छिप्रिदहको एक बाटोको छेउमा बसी जुत्ता–चप्पल सिलाउँदै आएका हुन्। 

निरन्तर २० वर्ष पहिले देखि नै बाटोको छेउमा बसेर जुत्ता–चप्पल सिकाउने काम गर्दै आएको उनले बताए। बस्यालले भने, ‘केही समय जुत्ता–चप्पल सिलाउन छोडेर रोजगारका लागि भारत गइ ३० वर्ष सम्म काम गरियो। त्यसपछि फर्केर लगातार यही कामलाई नै निरन्तरता गर्दै घर परिवार पाल्दै आएको छु।’ 

खुला आकाशमुनि बाटोको छेउमा बसेर जुत्ता–चप्पल सिलाइ राखेका छन्। खुला आकाशका कारणले फागुन देखि जेठ महिना सम्म तातो घाममा र असार देखि भदौ महिनामा पानीमा भिज्दै कष्टकरका साथ जुत्ता–चप्पल सिलाउँदै आएको उनले सुनाए। घाम–पानी नभनी जुत्ता–चप्पल सिलाएर नै गुजारा चलाइ राखेको उनको भनाइ छ। 

उनले एकजोडा चप्पल सिलाएवापत एक सय रुपैयाँ र एकजोडा जुत्ता सिलाएवापत १५० रुपैयाँ लिने गरेका छन्। छोराछोरी घर भन्दा टाढा भएकाले आफ्नो श्रीमती र आफ्नो पाल्न पोषणका लागि जुत्ता–चप्पल सिलाएर नै खर्च जोहो गर्ने गरेको उनको भनाइ छ। कमाइ हुँदा दैनिक दुई सय देखि पाँच सय रुपैयाँ सम्म र सिलाउने मान्छे नआएको दिन रित्तो हात घर फर्किनु परेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.