जय साइकल, जय पर्यावरण : भगाऔं क्यान्सर, चढौं साइकल

जय साइकल, जय पर्यावरण : भगाऔं क्यान्सर, चढौं साइकल

काठमाडौं : सरकारकै तथ्यांकले भन्छ– मुलुकमा वार्षिक १३ प्रतिशतका दरले क्यान्सरका बिरामी बढिरहेका छन्। अर्थात्, क्यान्सर रोग भयावह बन्दैछ। बिग्रँदो वातावरण, खानपान, रहनसहन र सचेतनाको अभावका कारण क्यान्सर रोग फैलिँदै गएको छ। त्यसैकारण, अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध सचेतनाका लागि बर्सेनि साइकल र्‍याली गरिरहेको छ। 

शनिबार साइकल र्‍यालीको दसौं संस्करण आयोजना गर्‍यो। भव्य उपस्थिति र हजारौंको सहभागिताका बीच र्‍याली सम्पन्न भयो। जसले वातावरणमैत्री साइकल चढ्न, व्यायाम गर्न र क्यान्सरविरुद्ध सचेत हुन सन्देश बाँड्यो।  साइकल र्‍यालीमा कलिला बालबालिकादेखि पाकाको सहभागिता थियो। र्‍यालीका सहभागी हुन पाँच हजार जना साइकल यात्रीले नाम दर्ता गरेका थिए। महिला साइकल यात्रीको लोभलाग्दो सहभागिताले र्‍यालीको शोभा बढाएको थियो। साइकल यात्रीको नारा थियो, ‘जय साइकल, जय पर्यावरण !’ प्रदूषणयुक्त राजधानी काठमाडौंलाई स्वस्थ र स्वच्छ बनाउन साइकल संस्कृति अँगाल्नुपर्ने सहभागीहरूको भनाइ थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्ण कर्पोरेट टावरको कार्यालय परिसरमा रिबन काटेर साइकल र्‍यालीको उद्घाटन गरेका थिए। साइकल र्‍यालीमा नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्य रहँदै आएको छ। ३३ कर्पोरेट हाउसले र्‍यालीलाई भव्य बनाउन सहकार्य गरेका थिए। 

अन्नपूर्णले १० वर्षदेखि निरन्तर ‘राइड फर लाइफ’ भन्ने नारासहित सचेतना साइकल र्‍याली गरिरहेको छ। गैरीगाउँ तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कर्पोरेट अफिसबाट सुरु भएको साइकल र्‍याली गौशाला, बसुन्धरा, बल्खु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै पुन: अन्नपूर्ण मिडिया नेटवर्कको अफिसमा पुगेर समापन भएको थियो। अर्थात्, र्‍यालीले २२ किलोमिटर दूरी परिक्रमा गरेको थियो। 

नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति बनाउनु पर्छ। यसका लागि सचेतना प्रवर्द्धनको काम गर्न जरुरी छ। प्रदीप पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री 

क्यान्सर प्रवेश हुन नदिऔं : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्ने बताएका छन्। ‘बिरामी बढी राख्ने र उपचारात्मक प्रणाली पनि पूर्ण नहुने अवस्थाले यो स्थिति अझै गम्भीर बनेर जान्छ। 

त्यसैले बिरामीको संख्या न्यूनीकरण गर्ने स्थिति बनाउनु पर्छ ’, साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले भने, ‘नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति बनाउनु पर्छ। यसका लागि सचेतना प्रवद्र्धनको काम गर्न जरुरी छ।’ व्यक्ति आफैं सचेत भए कयौं रोगबाट सुरक्षित हुन सकिने उनको भनाइ थियो। शिक्षा मन्त्रालयसँग स्वास्थ्य मन्त्रालयले विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य गर्ने तयारी गरेको पनि मन्त्री पौडेलले जानकारी दिए। 

क्यान्सरका कारण धेरै नेपालीले दु:ख पाइरहेकाले विद्यालय तहमै स्वास्थ्य शिक्षा अनिवार्य गर्न लागेको बताए। मन्त्री पौडेलले क्यान्सरको उपचारका निम्ति उपचारात्मक प्रणालीको विकास गर्न अझै जरुरी भएको बताए। उनले भने, ‘क्यान्सर लागेर धेरै बिरामी भइरहेका छन्। धेरैले ज्यान पनि गुमाइरहेका छन्। तर, यसको उपचार पद्धति पूर्ण  हुने स्थिति अझै बन्न सकेको छैन।’ 

 उनका अनुसार गत वर्षको तथ्यांकअनुसार १४ हजार मानिसको क्यान्सरबाट मृत्यु भएको छ। ‘क्यान्सर रोग जटिल बन्दैछ यसलाई गम्भीर रूपमा लिनु पर्छ। १४ हजार मान्छेको मृत्युको संख्या सानो होइन्, यो धेरै ठूलो संख्या हो ’, उनले भने, ‘त्यसैले प्राथमिकतामा राखेर राज्यले नीतिमै उपचारात्मक प्रद्धतिको विकास गर्ने लगानी गर्न आवश्यक छ।’ क्यान्सरलगायत अरू रोगले पनि बिरामीको संख्यामा वृद्धि भएको उनले  बताए।

सरकारी, निजी क्षेत्र, स्वयंसेवी संस्थाबाट क्यान्सरविरुद्ध निरन्तर सचेतना जगाउनु पर्नेमा स्वास्थ्य मन्त्रीले जोड दिए। उनले थपे, ‘हामी सबैको सहकार्य र समन्वयबाट क्यान्सर रोगविरुद्ध ठोस उपलब्धि ल्याउन सक्छौं।’

मन्त्री पौडेलका अनुसार क्यान्सरजस्ता रोग बढ्नुका पछाडि जलवायु परिवर्तनले पनि ठूलो असर पारेको छ। ‘धुलो, धुवाँ, अस्वस्थ प्रतिस्पर्धाले मानसिक स्वास्थ्यलाई धेरै ठूलो असर गरेको छ। मानसिक स्वास्थ्यमा परेको प्रभावका कारण शारीरिक स्वास्थ्य पनि बिग्रिएको छ’, उनले भने, ‘ त्यसैले मानसिक स्वास्थ्यमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न हामीले व्यवहार परिवर्तन गर्न जरुरी छ। मानसिक तथा शारीरिक स्वास्थ्य  बचाई राख्नका निम्ति आहारव्यवहार परिवर्तन गर्नुपर्छ।’  नीतिगत, कानुनी र अरू विषयहरू परिमार्जन गर्दै कार्यान्वनन गरेर क्यान्सरविरुद्ध काम गर्न जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियो। 

दुई, चार वा पाँच जनालाई पनि सचेतना जगाएर हामीले बचाउन सक्यौं भने त्यो खुसीको कुरा हुन्छ, त्यसैकारण सचेतनामा हामी लागेको दसौं वर्ष भयो। क्याप्टेन रामेशर थापा, अध्यक्ष, अन्नपूर्ण मिडिया नेटवर्क 

‘हामीले हाम्रो समाजमा सामूहिक ढंगले सहकार्य गर्ने, एकअर्कालाई ठेस नलाग्ने काम गर्न जरुरी छ। मान्छेलाई तनाव दिनु हुँदैन। शान्ति र सुखी हुन दिनुपर्छ’, मन्त्री पौडेलले भने। 

‘स्वास्थ्य जनता, स्वास्थ्य नेपाल’

‘स्वास्थ्य जनता, स्वास्थ्य नेपाल’का लागि अन्नपूर्ण मिडिया नेटवर्कले काम गरिरहेको नेटवर्कका अध्यक्ष क्या. रामे˘वर थापाले बताए। नेटवर्कले राष्ट्र, राष्ट्रियता रक्षा तथा लोकतन्त्रलाई संस्थागत गर्नका लागि संघर्ष गर्दै आएको पनि उल्लेख गरे। जनतालाई सुसूचित गर्ने, समाजलाई उत्कृष्ट र प्रतिष्ठित गर्ने प्रक्रियाअन्तर्गत  स्वास्थ्य पनि त्यति नै संवेदनशील र महŒवपूर्ण मुद्दा रहेको उनले बताए। उनले भने, ‘यसै मुद्दाअन्तर्गत १० वर्षदेखि  क्यान्सर केयर फाउन्डेसनसँग सहकार्य गरेर अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध सचेतना अभिवृद्धि गर्दै आएका छौं।’

उनका अनुसार क्यान्सर केयर फाउन्डेसनले हजारौंलाई क्यान्सरबाट बचाउन  धेरै नै मेहनत गरेको छ। त्यसैको एउटा रूप हो क्यान्सरविरुद्ध सचेतना जगाउन  जागरण अभियान। 

‘फाउन्डेसनले हजारौं छोरीहरूलाई क्यान्सरबाट बचाउन धेरै मेहनत र उल्लेख्य भूमिका निर्वाह गरेको म गर्वका साथ भन्न सक्छु,’ क्याप्टेन थापाले भने, ‘यसको उपलब्धि राम्रो र खुसीलाग्दो छ ।’ पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, डा. सरिता घिमिरेलगायत समाजसेवीको भूमिकाको उनले प्रशंसा गरे।

‘दुई चार, पाँच जनालाई पनि सचेतना जगाएर हामीले बचाउन सक्यांै भने त्यो खुसीको कुरा हुन्छ, त्यसैकारण सचेतनामा हामी लागेको आज दसौं वर्ष भयो,’ उनले भने, ‘स्वास्थ्य जनता, स्वास्थ्य नेपालको रूपमा स्वास्थ्य मन्त्री र सरकारले काम गरिरहेको छ। हार्दिक शुभकामना।’

जलवायु परिवर्तनको मुद्दाले संसारलाई ततायो 

स्वास्थ्य र वातावरणीय विषय अहिले संसारकै  गम्भीर समस्या र चासोको विषय बनेको अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले बताए। उद्घाटन कार्यक्रममा बोल्दै उनले अन्नपूर्ण मिडिया नेटवर्कले गर्दै आएको क्यान्सरविरुद्धको सचेतनामूलक साइकल र्‍यालीको प्रभाव बढ्दै गएको बताए।  उनले भने, ‘साइकल र्‍यालीको प्रभाव बढ्नुका सन्दर्भ, परिस्थिति पनि त्यति नै बढी रहेको छ। स्वास्थ्य र वातावरणीय विषय अहिले संसारकै  गम्भीर समस्या र चासो बनेको छ।’ 

अझ अमेरिकामा राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प आएपछि  जलवायु र डब्लूएचओबाट आफ्नो हात झिकेको घटनाबाट नेपाली जनताले ठूलो पाठ सिक्नुपर्ने उनले बताए।  ‘अमेरिकाको राष्ट्रपतिले आफ्नो देशको हित हेर्नुभयो होला। तर, हामीजस्ता देशहरूले यसबाट सिक्नुपर्ने पाठहरू धेरै छन्।  अब हामी आफ्नै सामथ्र्य र बुद्धिले आफ्नै रैथाने तौरतरिकाले बाँच्न जान्नुपर्छ, सिक्नु पर्छ भन्ने देखाएको छ,’ उनले भने, ‘वातावरण र स्वास्थ्यका कुरा हामीले हाम्रै वातावरणीय तरिकाले, रैथाने प्रविधिहरू प्रयोग गरेर  आफूलाई स्वस्थ राख्नुपर्छ र बचाउनु पर्छ। त्यसमा यस्ता जनचेतनामूलक साइकल र्‍याली पनि पर्छन्।’ जलवायु परिवर्तनको मुद्दाले संसारलाई तताउँदै लगेको प्रधान सम्पादक भण्डारीको भनाइ थियो।

नेपाल साइकिलिङ संघका वरिष्ठ उपाध्यक्ष सुदीप पौडेलले यसपालिको साइकल र्‍यालीमा युवा स्वास्थ्यमन्त्रीको साथ पाएकोमा खुसी व्यक्त गरे।  उनले भने, ‘काठमाडौं सहरलाई प्रदूषणमुक्त बनाउनुपर्छ। त्यसका लागि सबैले साइकल प्रयोग गर्नुपर्छ।’

९ जनालाई उपहार

साइकल र्‍यालीमा सहभागीमध्ये ९ जना भाग्यशाली विजेताले  लक्की—ड्रमार्फत आकर्षक उपहार जितेका छन्। प्रवीण श्रेष्ठले एक लाखबराबरको पहिलो पुरस्कार प्यान्क बाइक हात पार्न सफल भए। त्यसैगरी २ लाख ५० हजारबराबरको ट्रानक्वालिटी स्पा सोल्टी होटल एनुअल हेल्थ क्लबको मेम्बरसिपको कुपन सचिन        श्रेष्ठको पोल्टामा परेको थियो।

दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलको ६० हजार बराबरको एक रातको बसाइसहितको कुपनमा इरफान अन्सारीले कब्जा जमाए। दुसित प्रिन्सेस काठमाडौं, नेपालको तर्फबाट प्रदान गरिएको ४० हजारबराबरको एक रातको बसाइसहित कुपन रुविन महर्जनले जिते। त्यस्तै दुसित प्रिन्सेसकै १० हजारको डिनर कुपन मनिष कार्कीको नाममा दर्ता भयो।

त्यसैगरी, साइकल र्‍यालीमा सहभागी भएकाहरूमध्ये लक्की—ड्रमार्फत तीन जनाले डिस होमको फोरके स्ट्रिमर डिभाइस जिते। रमेश बैंजु, सुनील राना र रोशन महजर्नले सो डिभाइस हात पार्न सफल भए। त्यसैगरी ३२ इन्चको स्मार्ट पालसोनिक टीभी  सागर महर्जनले जिते।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.