जनयुद्ध दिवस मनाउन गाउँपालिकामा सार्वजनिक बिदा
गोरखा : जनयुद्ध दिवस मनाउन गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेको छ। सोमबार सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले सशस्त्र युद्धको स्मरण र सहिदहरुप्रति सम्मानका लागि एक दिन बिदा दिने निर्णय गरिएको जनाएको हो।
सार्वजनिक बिदा दिने बारे यही माघ ८ गते बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको सूचनामा जनाइएको छ। सो दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू र अर्ध तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरू तथा शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिको सूचनामा उल्लेख छ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले जनयुद्ध दिवसका दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेकामा गतवर्षको पुस १३ गते सर्वोच्च अदालतले सो बिदा खारेज गरेको थियो। तर माओवादीका पालिका प्रमुख भएका गोरखाका कतिपय पालिकाले भने सो दिन सार्वजनिक बिदा दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !