प्यालेस्टिनी राख्न अस्वीकार गर्ने देशहरूलाई ट्रम्पको चेतावनी

प्यालेस्टिनी राख्न अस्वीकार गर्ने देशहरूलाई ट्रम्पको चेतावनी

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी दिएका छन्। उनले भने, 'यदि ती देशहरूले प्यालेस्टिनीहरूलाई स्थान दिएनन् भने म उनीहरूको सहयोग बन्द गर्नेछु।'

जोर्डनका नेता राजा अब्दुल्लाह द्वितीय वाशिंगटन डीसी पुगेका छन्। उनले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन्।

यसैबीच एक पत्रकारले ओभल अफिसमा राष्ट्रपति ट्रम्पलाई 'राजा अब्दुल्लाहलाई थप प्यालेस्टिनीहरू राख्न कसरी मनाउनुहुनेछ?' भनेर प्रश्न सोधेका थिए।

यसबारे ट्रम्पले भने, 'उनी (राजा अब्दुल्लाह) सहमत हुनेछन् भन्ने मलाई लाग्छ। अन्य देशहरू पनि यसमा सहमत हुनेछन् भन्ने मेरो आशा छ। उनीहरू सबै उदार स्वभावका छन्।'

राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव गरेका थिए। यसअघि ट्रम्पले प्यालेस्टिनीहरू इजिप्ट र जोर्डनमा स्थायी रूपमा  बसोबास गर्नुपर्ने पनि बताएका थिए। यद्यपि जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए।

यस सन्दर्भमा अर्का पत्रकारले राष्ट्रपति ट्रम्पलाई जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई गाजामा राख्न सहमत नभएमा के उनीहरूलाई दिइने सहयोग रोकिनेछ? भन्ने प्रश्न गरेका थिए।

यसको जवाफमा ट्रम्पले यदी ती देशले प्यालेस्टिनीलाई आश्रय नदिए आफूले सहयोग रोक्ने बताएका हुन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.