स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले लगाए एचपीभी खोप

स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले लगाए एचपीभी खोप

स्याङ्जा : स्याङ्जामा लक्ष्य भन्दा धेरै किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाएका छन्। कार्यालयले लिएको लक्ष्य भन्दा थप ७५ जना किशोरीले खोप लगाएका हुन्। 

स्याङ्जाभरका ९ हजार ३१९ जनालाई खोप दिने लक्ष्य लिएकोमा यहाँका ९ हजार ३९४ जनाले खोप लगाएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

माघ २२ देखि सुरु भएको खोप अभियान २८ गतेसम्म सञ्चालन गरिएको थियो। यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकाकागरि एक सय दशमलव ८ प्रतिशत किशोरीले खोप लगाएको कार्यालय प्रमुख केशव चापागाईंले बताए। 

एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। कक्षा ६ देखि १० सम्ममा अध्ययरत छात्रा र विद्यालय नगएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिने अभियान एकसाताभर विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको थियो।  

जिल्लाका ११ पालिकाकमा गरी अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्रा र विद्यालय नजाने ३१ जना किशोरी एचपीभी खोपका लक्षित वर्ग हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.