केबलकारमा फसेका यात्रुको उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

केबलकारमा फसेका यात्रुको उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

गोरखा : सशस्त्र प्रहरीले केबलकारमा फसेका यात्रुको उद्धार गर्ने अभ्यास गरेका छन्। चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले मंगलबार मनकामना केबलकारमा सो अभ्यास गराएको हो। 

तालिम शिक्षालयको आयोजना तथा मनकामना दर्शन प्रालिको सहकार्यमा फसेका यात्रुको उद्धार सम्बन्धी नमुना अभ्यास गरिएको केबलकारका स्टेशन म्यानेर उज्जल शेरचनले बताए। तालिममा सशस्त्र प्रहरीका ३८ जना सहभागी थिए। 

उनीहरूले केबलकारमा फसेका यात्रुको उद्धार कसरी गर्न सकिन्छ भन्ने नमुना प्रदर्शन गरेको नेपाल सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ। कुनै बेला अचानक केबलकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचैमा अड्किएको खण्डमा तत्काल उद्धार गर्नका लागि अभ्यास गरिएको शेरचनले बताए। 

‘चितवनस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन टोलीले विभिन्न प्रकारका विपदमा परेकाहरूको उद्धारका लागि अभ्यासहरू गराइरहेका हुन्छन्। त्यसमध्य केबलकारमा फसेका यात्रुको उद्धार पनि एक हो’, शेरचनले भने, ‘सो अभ्यासका लागि शिक्षालयले हाम्रो यस मनकामना केबलकारमा फसेका यात्रुलाई उद्धारका लागि तालिम गरेको हो।’

देशभरका विभिन्न केबलकारमा यात्रु अड्किन सक्ने र त्यतिबेला तालिम प्राप्त टोलीले उद्धार गर्न सक्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.