सार्कोमा क्यान्सरको सकस

सार्कोमा क्यान्सरको सकस
सुन्नुहोस्

शरीरको कुनै भागमा छाम्दा मासुको डल्ला वा गिर्खाजस्तो देखियो भने गाउँघरतिर धनको पोकोको संज्ञा दिइन्छ। कतिपयले यस्ता गिर्खालाई बोसोको डल्ला वा व्यायामले बढेको मांसपेशी भनी वास्ता नगरेको पनि हुन सक्छन्। यस्ता शंकास्पद डल्ला वा गिर्खा आए चुप लागेर बस्न हुँदैन। किनकि कतिपय यस्ता मासुको डल्ला धनको पोको वा सामान्य नभई सार्कोमा जस्ता क्यान्सर पनि हुन सक्छ। 

सार्कोमा क्यान्सर के हो ?    
सार्कोमा एक प्रकारको क्यान्सर हो जुन हड्डी, जोर्नी, मांसपेशी, हुन सक्छ। हड्डीमा हुने नरम कोषिकामा यो क्यान्सरको कोष तीव्र रूपमा विकास हुन्छ।

सुरुमा यो क्यान्सर कग्नेटिभ तन्तुमा विकसित हुन सुरु हुन्छ। त्यसपछि विस्तारैविस्तारै अन्य क्षेत्र फैलिन थाल्छ।  यो क्यान्सर दुर्लभ निकै घातक मानिन्छ। किनकि यो क्यान्सरको ७० भन्दा बढी प्रकार छ। जसमध्ये  बोन सारकोमा र अस्टियोसारकोमा गरी दुईवटा प्रकार मुख्य मानिन्छ।

कुन भागमा फैलिने सम्भावना उच्च हुन्छ ?    
यो क्यान्सर टाउकोदेखि खुट्टासम्म जुनसुकै भागमा हुन सक्छ। खुट्टा, कुरकुच्र्चा र खुट्टामा हुने सम्भावना ४० प्रतिशत रहन्छ। छातीको भित्ता, पेटमा हुने सम्भावना ३० प्रतिशत रहन्छ। पाखुरा, नाडी, हात र कुममा १५ प्रतिशत हुने सम्भावना रहन्छ। टाउकोे र घाँटीमा १५ प्रतिशत सार्कोमा हुने सम्भावना रहन्छ। null

कारण
सार्कोमाको सही कारण अझै पत्ता लागिसकेको छैन। तर, यसको विकास गराउन सक्ने केही कारकहरू छन्। न्युरोफिब्रोमाटोसिस, गार्डनर सिन्ड्रोम, ली–फ्राउमेनी सिन्ड्रोमजस्ता वंशाणुगत रोग,  विगतमा विकिरण चिकित्साबाट उपचार भएमा सो क्यान्सरको जोखिम रहन सक्छ।

लक्षण
यो क्यान्सरमा देखिने लक्षण भिन्न भिन्न किसिमको हुन्छ। केही बिरामीमा सुरुवातमा कुनै लक्षण देखिँदैन वा हल्का लक्षण देखिन्छ। सार्कोमा क्यान्सर हुँदा छालामुनि गाँठोजस्तो देखिन्छ। सुरुवातमा यसलाई सामान्य सोचेर बेवास्ता गर्दा पछि गम्भीर हुन सक्छ।

अन्य लक्षण

  • नरम तन्तुमा गाँठो देखिनु
  • हात र खुट्टाको औंलामा दुखाइ
  • तौल कम हुँदै जानु
  • कम्मरमा दुखाइ
  • पेटमा अत्याधिक दुखाइ
  •  सामान्य चोट लाग्दा पनि हड्डी भाँचिनु
  • हात र खुट्टा चलाउनमा समस्या हुने जस्ता लक्षण देखिन्छन्।

परीक्षण 
पहिला गिर्खाको आकार, प्रकृति, पलाएको भाग विस्तृतमा परीक्षण गरिन्छ। त्यसको लागि एक्स–रे, सिटी स्क्यान र अल्ट्रासाउन्ड हुन सक्छ। शंकास्पद देखिए एमआरआई र बायोप्सी हुन सक्छ।

सार्कोमा पुष्टि भए के गर्न सकिन्छ ?    
परीक्षणको दौरान सार्कोमा भएको पुष्टि भएपछि अन्य भागमा फैलिएको  छ कि छैन भनेर अवलोकन गरिन्छ। यो क्यान्सर हड्डीमा देखिएको छ भने पहिला केही साता केमोथेरापी गरी शल्यक्रिया गरिन्छ।

शल्यक्रिया पछि पनि पुनः केमोथेरापी गर्नु पर्ने हुन सक्छ। हड्डीको उपचार आफैंमा जटिल हुन्छ। कतिपय अवस्थामा कृत्रिम जोर्नी राख्ने कामदेखि लिएर क्यान्सरले ग्रसित रगतका धमनी वा नसासमेत कृत्रिम रूपमा बनाउनुपर्ने हुन सक्छ। 

त्यस्तै, मासुमा भएको क्यान्सरको लागि शल्यक्रिया गरिन्छ। कतिपय अवस्थामा शल्यक्रियासँगै रेडियोथेरापी पनि दिइन्छ।

- शाही मेडिकल अन्कोलोजिस्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.