पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता

पर्यटनमन्त्री पाण्डे र चिनियाँ मन्त्री पेन यूबीच भेटवार्ता
तस्बिर : पर्यटन मन्त्रीको सचिवालय
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । 

नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा सो कुरा बताएका हुन्।

चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७० औँ वर्ष पूरा गर्न लागेकोमा प्रति खुसी व्यक्त गरे। मन्त्री पाण्डेले भने,'यहाँहरूको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबीचको सहयोगको आदानप्रदान हुने विश्वास मैले लिएको छु । 

उनले नेपालको पर्यटनको विकासका लागि चिनियाँ राजदूतसँग पटकपटक छलफल गरेको उल्लेख गर्दै भने,'दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको उपलक्ष्यमा चीन सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ म त्यसका खुसी व्यक्त गर्दछु।'

मन्त्री पाण्डेले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र आगामी दिनहरूमा चीनबाट अझ धेरै पर्यटकको आगमनले नेपाल चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताए। 

त्यस्तै पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सले गोन्जाव र नेपाल सिधा उडानका लागि प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरीरहेको बताए । उनले नेपालको भाषा,संस्कृति,कलाका बारेमा अध्ययन गर्नका लागि समेत चिनियाँहरूलाई आव्हान समेत गरे।

चिनियाँ मन्त्री पेन यूले यस अघिका दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई  कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए। उनले भने,'चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ पार्टीले ल्याएका विचारधारा र परम्परागत विचारधारालाई एक अर्कामा आदानप्रदान र शान्तिपूर्ण विकासतर्फ लागिरहेको छ ।  अल्पसंख्यक जातिहरूलाई सम्मान गर्दै कला संस्कृति झल्किने खालका म्युजिम निर्माण गरिरहेका छौं ।'

नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै उनले चीनमा १० करोड बढी बुद्ध धर्म मान्नेहरू रहेको उल्लेख गरे। उनले बुद्ध धर्मलाई आदर्श मानेर अघि बढ्न समेत अनुरोध गरे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.