संस्कृतिको अध्ययन गर्न आसामका संस्कृति संरक्षणकर्मी गोरखामा

संस्कृतिको अध्ययन गर्न आसामका संस्कृति संरक्षणकर्मी गोरखामा
सुन्नुहोस्

गोरखा : ऐतिहासिक जिल्ला गोरखा तथा लमजुङ क्षेत्रको संस्कृतिको अध्ययन गर्न आसामका नेपाली संस्कृति संरक्षणकर्मी गोरखा आएका छन्। नेपाली संस्कृति सुरक्षापरिषद् आसामका अध्यक्ष लीलबहादुर प्रधान, महासचिव वीरेन्द्र रानामगर नेतृत्वको १३ जनाको टोली गोरखा आइपुगेका हुन्। 

ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको निमन्त्रणामा चार दिने संस्कृतिक अध्ययनका क्रमममा आएका उनीहरूले गोरखा दरबार, गोरखा संग्रहालय लगायतका ऐतिहासिक, पुरातात्विक तथा संस्कृतिक सम्पदाको भ्रमण गरेका छन्। गोरखा र लमजुङ क्षेत्रमा प्रचलित संस्कृति र आशाम क्षेत्रमा प्रचलित संस्कृतिको अनुभव आदानप्रदान गर्ने उद्देश्यले चार दिने भ्रमणमा आएको महासचिव रानामगरले बताए। ‘नेपाली संस्कृति बुझ्नका लागि आधुनिक नेपालका एकीकरणकर्ता राजा पृथ्वी नारायण शाहको जन्मस्थल गोरखाबाहेक अरू राम्रो ठाउँ कहाँ होला र’, उनले भने, ‘भौगोलिक र राजनीतिक दृष्टिले हामी पर भए पनि हाम्रो वैचारिक धरातल यही ठाउँमा जोडिएको छ। नेपालसँग हाम्रो रगतको नाता छ।’ नेपाली संस्कृति सुरक्षा परिषदले आसाममा नेपालीपन, नेपाली संस्कृति र नेपाली परम्परालाई डो¥याएर हिँडेको उनले बताएका छन्। 

परिषद्का अध्यक्ष लीलबहादुर प्रधानका अनुसार परिषदले आसामको मेट्रो सिटिमा करिब पाँच बिगाहा जमिन खरिद गरी ‘नेपाली गोर्खा संस्कृतिक प्रकल्प’ स्थापना गरेर नेपाली भाषा, संस्कृति र कला झल्कने सङ्ग्रहालय स्थापना गर्न लागेको जानकारी दिए। उक्त सङग्रहालय स्थापना गर्नका लागि नेपालबाट यहाँको परम्परागत नेपालीपन झल्कने सामग्री लैजाने उद्देश्यसहित पदयात्रामा आएको उनले बताए। ‘आशाममा यहाँको मारुनी र कौरासम्बन्धी प्रशिक्षण दिने इच्छा छ, त्यसका लागि पनि प्रशिक्षक खोजिरहेका छौं’, उनले भने। 

ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका अध्यक्ष नवराज पहाडीले नेपाली संस्कृति सुरक्षा परिषद् आशामलाई नेपालको मौलिक लोककला संस्कृतिबारे केही ज्ञान सीप सिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्। परिषद्को पदयात्रालाई मध्यनजर गर्दै प्रतिष्ठानले लमजुङमा बाघचाल प्रतियोगिता, पात बजाउने प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.