रूकुम पूर्वसहित देशका पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा
रुकुम पूर्व : रूकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ। राति देखि सदरमुकाम रूकुमकोटसँगै जिल्लाभर वर्षा भइरहेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ।
विशेषगरी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातसमेत हुने सम्भावना रहेको छ। विभागले वर्षाको कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
वर्षाका कारण केही ठाउँको यातायातमा समेत अवरोध सिर्जना भएको र तापक्रम घटेसँगै चिसो बढेकाले चिसोबाट बच्न आग्रह गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने छ।

प्रतिक्रिया दिनुहोस !