४० लागेपछि रोग साथी बन्लान् है !
अचेलको भागदौडको जीवनमा मानिसहरूसँग आफ्नै लागि पनि समय छैन। महिलाहरू घर–परिवारको जिम्मेवारीले आफ्नो स्वास्थ्यसमेतलाई पनि ख्याल गर्दैनन्, गर्न भ्याउँदैनन्। यता पुरुष भने अफिस, स्कुल, कलेज, कारखाना, पसल आदि विभिन्न जिम्मेदारीका कारण गर्दा स्वास्थ्यप्रति ध्यान दिँदैनन्।
यसरी लापरवाह रहन्छन्। तर तपाईंको उमेर यदि ४० वर्षको आसपास छ भने तपाईंले केही आवश्यक जाँचहरू भने अवश्य गराउनुपर्ने हुन्छ।
— डायबिटिज (मधुमेह): तपाईंमा मधुमेहको लक्षण नदेखिएता पनि या परिवारमा कसैलाई मधुमेहको समस्या नभएको परिवारिक इतिहास छ भने मलाई पनि हुने सम्भावना छैन भन्ने नसोच्नुस्। मधुमेह जस्तो रोग कुनै निश्चित लक्षण नदेखिइकन पनि हुन सक्छ। ४० वर्षपछि फास्टिङ पल्जमा गुल्कोज, रेन्डम प्लाज्मा, गुल्कोज टेस्ट, पोस्ट प्रिडियल ब्लड सुगर टेस्ट, एचवी–१ सी इत्यादिको ल्याब परीक्षण गराउनु पर्छ।
— उच्च रक्तचाप (हाई ब्लडप्रेसर): नियन्त्रित (१२० र ८०) सीमाभित्र रहेन भने हार्टअटेक र स्ट्रोक (मस्तिष्कघात)को कारण बन्न सक्छ। यसको जाँचका लागि घरमै ब्लडप्रेसर मनिटर (प्रेसर नाप्ने यन्त्र) ल्याएर नाप्न सक्नुहुन्छ। यसबाट तपाईंको सिस्टोलिक (माथिको) चाप कति छ र (तलको चाप) डायस्टोलिक काति छ ? थाहा हुन्छ।
— आस्टियोपोरोसिस (हड्डी खिइने): हड्डी खिइने भएमा शरीरका हड्डीहरू कमजोर हुन थाल्छन् र सामान्य चोटपटक लग्दा पनि हड्डी भाँचिने (फ्र्याक्चर)को खतरा बढेर जान्छ। यसका लागि तपाईंले डुअल एन्जिएक्स रे एब्जापोर्टियो मेट्रिस्केन गराउनुपर्छ। यसबाट शरीरको हड्डीको कमजोरी, भिटामिन डीको कमीका साथै बोन डेन्सिटी (हड्डीको घनत्व)को बारेमा पनि थाहा हुन्छ।
— थाइरायड (हाइपर): थायराइड ग्रन्थीको गडबडीका कारणले हाइपरथायराइडिज्म (ओभर एक्टिभ थाइरायड) शरीरको आवश्यकताभन्दा बढी उत्पादन हुन्छ। आवश्यकताभन्दा कम हार्माेन्स उत्पादन गर्दछ (अन्डर एक्टिभ थाइराइड) हाइपोथाइराइडिज्म हुन सक्छ। थाइरायड ग्रन्थीले हार्माेन्स टी–३, टी–४ र टीएसएच (हार्माेन्स)को स्राब गर्दछ। जसले शरीरमा रासायनिक परिवर्तन हुने प्रक्रियाहरू अर्थात् मोटाबोलिज्मले नियन्त्रित गर्ने काम गर्दछ। माथि उल्लेखित हार्मोन्सको स्रावहरूमध्ये कुनैमा पनि परिवर्तन देखिएमा शरीरमा गम्भीर परिवर्तन उत्पन्न गर्न सक्छ।
— कम्पलिट ब्लड काउन्ट: यस परीक्षणको सहायताबाट रगतमा मौजुद रेड ब्लड सेल, ह्वाइट ब्लड सेल्स, हेमोग्लोबिन, प्लेटलेटस् आदिको संख्या के–कति छ भने कुरा थाहा हुन्छ। शरीर स्वस्थ्य रहन यी सबै सन्तुलित मात्रामा हुनु जरुरी छ।
— लिभर र किड्नी: लिभर फङ्सन टेस्टबाट थाहा हुन्छ कि तपाईंको लिभर सही तरिकाले काम गर्दैछ या छैन ? यदि तपाईं मधुमेह, उच्च रक्तचाप या मुटुको समस्याबाट ग्रसित हुनुहुन्छ भने किड्नी फङ्सन टेस्ट अनिवार्य रूपमा तपार्इंले गराउनुपर्ने हुन्छ।
— भिटामिन बी–१२: शरीरमा भिटामिन बी–१२ को कमी हुनु खतरनाक साबित हुन सक्छ। शरीरमा यसको कमी भएमा नसाहरू दुख्ने, थकान हुने, टाउको दुख्ने, मन खिन्न हुने, चिडचिडापन हुनेजस्ता स्वास्थ्य समस्या हुन सक्छन्।
— आँखाको जाँच: नियमित रूपमा आँखाको जाँच गराउनाले मोतियाबिन्दु, ग्लुकोमा र मैकुलर डिजनेरेसनजस्ता उमेरसँग सम्बन्धित हुने समस्याहरूको समयमै पाहिचान गर्न सकिन्छ। सोहीअनुसार यसको उपचार गर्न सकिन्छ।
— मुटुको धड्कन बढनु: लिपिड प्रोफाइल टेस्ट गराएर मुटुसँग सम्बन्धित रोग र स्ट्रोक (मस्तिष्कघात) को विकासको जोखिमलाई कम गर्न सकिन्छ। यसको परीक्षणबाट टोटल कोलेस्ट्रोल, एचडीएल, एलडीएल, बीएलडीएल, ट्राइग्लिसाराइड आदि के, कति, कुन स्तर र कति परिणाममा छ भने कुरा स्पष्ट रूपमा थाहा हुन्छ।
— क्यान्सरबारे ध्यान राख्ने: प्रत्येक वर्ष ब्रेस्ट स्क्रिनिङ गराउनाले महिलाहरूको स्तनमा गाँठो (ट्युमर) बन्नबाट जोगिन्छ। यस प्रकारको परीक्षणबाट भयावह यो रोग रोक्न मद्दत मिल्छ। यसै प्रकार महिलाहरूले वर्षमा एक पटक पेप स्मेयर र मेमोग्राम गराउनु पर्छ।
— पुरुषहरूमा प्रोस्टेट: प्रोस्टेटसँग सम्बन्धित समस्याहरूका लागि पुरुषहरूले डिजिटल रेक्टल परीक्षण र स्पेसिफिक एन्टिजन गराउन सक्छन्। यस्तैगरी, फोक्सोको क्यान्सरका लागि एक्सरे, कोलोरेक्टलका साथै वर्षंैपिच्छे दिसा जँचाउनु जरुरी छ।
— जीवनशैली र आहार–विहारको ख्याल गर्ने: उमेर बढ्नुका साथै शरीरका मांसपेशी र हड्डीहरूमा पनि कमजोरी आउन थाल्छ। यसका साथै शरीरको प्रतिरोधक क्षमता पनि कमजोर हुन थाल्छ। यसको अलावा शरीरको तौल बढ्नु, मधुमेह हुने जोखिम, हृदयसम्बन्धी समस्याहरू, उच्च रक्तचाप, तनाव, डिप्रेसन र हड्डीसँग सम्बन्धित समस्या हुन सक्छ। यसबाट बच्नका लागि आफ्नो जीवनशैली, रहनसहन, खानपिन आदिमा ध्यान दिन आवश्यक छ।
समग्रमा, प्रतिदिन नियमित रूपले व्यायाम, योग र ध्यान गर्ने बानी बसाल्नुपर्छ। सकारात्मक सोच राख्नु शरीरका लागि उत्तम हुन्छ। यसबाहेक आफ्नो चिकित्सकको सल्लाहअनुसार ६ महिना या वर्षको एक पटक शरीरको पूरा चेकजाँच गराउन जरुरी छ। यसबाट रोग लाग्नुपूर्व नै सावधानी र रोग लाग्नुअघि नै बेलैमा सचेत हुन सकिन्छ। यदि जाँचमा कुनै खराबी (रोग) देखियो भने बैलेमा उपचार गराउन सकिन्छ।
प्रतिदिन नियमित रूपले व्यायाम, योग र ध्यान गर्ने बानी बसाल्नुपर्छ। सकारात्मक सोच राख्नु शरीरका लागि उत्तम हुन्छ। यसबाहेक आफ्नो चिकित्सकको सल्लाहअनुसार ६ महिना या वर्षको एक पटक शरीरको पूरा चेकजाँच गराउन जरुरी छ।
मिश्र, वरिष्ठ होमियोप्याथिक कन्सल्टेन्ट हुन्।
प्रतिक्रिया दिनुहोस !