मनकामनामा माइक्रोबस दुर्घटना : मृतक र घाइतेको सनाखत

मनकामनामा माइक्रोबस दुर्घटना : मृतक र घाइतेको सनाखत
मनकामनामा दुर्घटनाग्रस्त इभी माइक्रोबस।
सुन्नुहोस्

 गोरखा : मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका पदमबहादुर दर्जीको मृत्यु भएको हो ।

मनकामनाको दर्शन गरी फर्कने क्रममा भएको सो दुर्घटनामा परी सोही ठाउँका हरिकला परियार, गीता परियार, रितेश परियार, सन्ध्या परियार रुपा परियार घाइते भएका छन् । त्यस्तै सञ्चिता आले, प्रमिला राना, बिमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिशा परियार र अर्जुन परियार घाइते भएका छन् ।

घाइते सबैको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । कच्ची सडकबाट १५ मिटर तल पल्टेर अनटेस्ट इभी माइक्रोबस दुर्घटना भएको डिएसपी सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.