एमालेलाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन सक्दैन : पूर्व राष्ट्रपति भण्डारी

एमालेलाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन सक्दैन : पूर्व राष्ट्रपति भण्डारी
सुन्नुहोस्

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री केपी ओलीले थप योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गरिन्।

उनले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको स्मरण गरिन्। राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ।

भण्डारीले बहुलबाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक, आर्थिक, रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन्।

प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख/रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.