दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा
काठमाडौं : दक्षिण अफ्रिकालाई सेमिफाइनलमा हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा प्रवेश गरेको छ।
गद्दफी क्रिकेट रंगशाला लाहोरमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनको फराकिलो जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनाएको थियो। न्युजिल्यान्डले दिएको ३६३ रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको लागि डेभिट मिलरले अविजित शतकीय पारी खेल्दा पनि जितको लागि पर्याप्त भएन। मिलरले ६७ बलमा १० चौका र ४ छक्कासहित शतकीय पारी पूरा गरे।
त्यसबाहेक कप्तान तेम्बा बभुमाले ५६, रसी भान डी डुसेनले ६९, एडन मक्रम ३१ रन र कागिसो राबाडाले १६ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
न्युजिल्यान्डका लागि मिचेल सान्तेरले सर्वाधिक ३ विकेट लिए। म्याट हेनरी र ग्लेल फिलिप्सले २–२ विकेट लिँदा माइकल र रचिन रविन्द्रले समान १–१ विकेट लिए।
न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए। म्याट हेनरी र ग्लेन फिलिप्सले २–२ तथा माइकल ब्रेसवेल र रचिन रविन्द्रले १–१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतकीय पारी खेले। रचिनले १०८ तथा विलियमसनले १०२ रन बनाए। डारिल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए।
दक्षिण अफ्रिकाका लागि लुंगी एङ्गिडीले १० ओभरमा ७२ रन दिएर ३ विकेट लिए। कगिसो रबाडाले १० ओभरमा ७० रन दिएर २ विकेट लिए। वियान मुल्डरले १ विकेट लिए।
च्याम्पियन्स ट्रफीको उपाधिका लागि आइतबार दुबई रंगशालामा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस !