किन लागिरह्यो खोकी ?

किन लागिरह्यो खोकी ?
सुन्नुहोस्

पछिल्लो समय धेरैलाई रुघाखोकी ज्वरोले सताएको छ। बिरामीमा देखिने लक्षणहरू मध्य स्वाद वा गन्ध थाहा नपाउनेहरू पनि रहेका छन्। स्वाद वा गन्ध थाहा नपाउने लक्षण कोभिड प्यान्डेमिकको बेला एक हलमार्क अर्थात् मुख्य पहिचानका रूपमा नै चर्चा थियो।

केही दिनअघि एक मित्रले रुघा खोकी ज्वरोले सताएको र साथै स्वाद पनि हराएको सुनाए। यस्तो अरूलाई पनि भएको देखिन्छ। तर, हाल यसको परीक्षण नियमित नहुँदा र बिना परीक्षण कोभिड नै फैलिएको भनेर ठोकुवा गर्न सकिँदैन। तर, पनि हाल धेरै मानिसमा रुघाखोकी कडा महसुस गर्ने गरेको अनि स्वाद वा गन्ध पनि थाहा नपाउने भनेकाले एउटा कोणबाट हेर्दा शंका गर्न भने सकिन्छ। त्यति मात्र होइन धेरै मानिसमा रुघा खोकी ज्वरो निको भएको केही दिनमा फेरि त्यस्तै लक्षणहरू दोहोरिएको पनि देखिन्छ। 

यसबाट संक्रमणको कारक एकभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ। किनभने संक्रमण भइसके पछि सो संक्रमणबाट विकसित एन्टीबडीले अर्को संक्रमणबाट हुनसक्ने कडा लक्षणलाई प्रतिरक्षा गर्दैन। कमन कोल्ड, कोभिड, फ्लुलगायत अरू श्वास–प्रश्वास संक्रमणको मिश्रित सक्रियता हाल नेपालमा रहेको अनुमान यसर्थ गर्न सकिन्छ। 

पछिल्लो समय फ्लु भाइरस फैलिरहेको देखिन्छ। यो अनुमानित नै हो। फ्लु भाइरस वर्षमा दुईपटक अहिले र मनसुन सिजनको बीचतिर बढी सक्रिय हुने गर्दछ। तसर्थ यसलाई मौसमी फ्लु पनि भन्ने गरिन्छ। तथ्यांक हेर्ने हो भने पनि यो वर्षको जनवरी महिना लागेसँगै फ्लुको संक्रियता ह्वात्तै बढेको देखिन्छ। फ्लु ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन।

फ्लु ‘ए’ र ‘बी’ ले विशेष गरी मानिसलाई बढी दु : ख दिने गरेको पाइन्छ। अझ फ्लु ‘ए’ बिगतमा बिभिन्न समयमा प्यानडेमिकसमेत घोषित भइसकेको हो। कोभिडभन्दा अगाडि स्वाइन फ्लुको नामले चिनिने ‘एचवानएनवान पीडीएम ०९’ प्यानडेमिकका रूपमा घोषित भएको थियो। तर, हाल स्वाइन फ्लु मौसमी फ्लुको रूपमा परिणत भइसकेको छ। त्यस्तै फ्लु ‘ए’ अन्तर्गत ‘हङकङ फ्लु’ को नामले परिचित ‘एच थ्री’ ले पनि धेरै मानिसलाई विगतमा संक्रमित गरेको तथा मृत्युसमेत गराएको थियो। 

सन् १९६८ देखिएको यो भाइरसले विश्वभर १ देखि ४ मिलियन मानिसको मृत्यु गराएको अनुमान गरिन्छ। तर यो पनि हाल मौसमी फ्लुको रूपमा स्वाइन फ्लुसंँग सँगै देखिँदै आइरहेको छ। यी दुइ फ्लु भाइरस बेला बेलामा एकले अर्कोलाई प्रतिस्थापन गर्दै तीव्र प्रतिस्पर्धा गरेको पाइन्छ। 
सन् २०२५ लागे सँगै स्वाइन फ्लुलाई हङकङ फ्लुले प्रतिस्थापन गरेको देखिन्छ। समुदायमा धेरै मानिसमा कडा रुघा खोकी ज्वरो देखिएकाले पनि

‘हङकङ फ्लु’ अहिले कडा स्वरुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ। विशेषत ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक कमजोर भएका, गर्भवती तथा बालबालिका फ्लुको जोखिम समूहमा पर्दछन्। 

अधिकांश संक्रमितले घरमा आराम गरेर एक हप्ता १० दिनमा स्वस्थ लाभ गर्न सकिने भए तापनि जोखिम समूहमा पर्नेहरूले भने फ्लुका लक्षणहरू देखिए स्वाथ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ। ज्वरो आउनु, टाउको तथा जिउ दुख्नु, घाँटी दुख्नु, खोकी लाग्नु, कतिपयलाई वाकवाक अथवा बान्ता हुनु र पखाला लाग्नु फ्लुका प्रारम्भिक र मुख्य लक्षणहरू हुन्। 

फ्लु जटिल भए निमोनिया हुनसक्छ। फ्लु देखिए टामीफ्लु (ओसेलटेमिभिर)नामक एन्टी भाइरल औषधिको प्रयोग गर्न सकिन्छ। यसबाट बिरामीको लक्षणको अवधि छोटिन्छ भने जटिलताको सम्भावना पनि घटेर जान्छ। कम बहस र धेरैलाई खासै थाहा नभएको बच्ने उपायमा फ्लुविरुद्धको खोप पनि हो। खोप विशेषत जोखिम समूहमा पर्नेहरूले लगाउँदा जटिल अवस्था आउने सम्भावना हदैसम्म कम हुने गर्दछ। त्यस्तै निमोनियाविरुद्धको खोप पनि लगाउँदा फ्लुको जटिलताबाट बच्न सकिन्छ। 

केही दिनदेखि फ्लु भाइरसको ग्राफ केहि घट्दो देखिन्छ। तर, ठीक उल्टो फ्लु नेगेटिभको ग्राफ भने बढेको देखिन्छ। अर्थात् रुघा खोकी ज्वरोका बिरामी बढिरहेको भए तापनि फ्लु घट्नुले फ्लु बाहेक अरू संक्रमण बढेको वा फ्लुलाई अरू संक्रमणले प्रतिस्थापन गर्दै गइरहेको संकेत गर्दछ। त्यसो हो भने कुन संक्रमणको कारणले रुघा खोकी ज्वरोका बिरामी निरन्तर देखिरहेको छ भन्ने प्रश्नवाचक चिन्ह खडा भएको छ। 

फ्लुबाहेक त्यो कमन कोल्ड भाइरस, कोभिड आधी हुनसक्छ। केही रुघा खोकी ज्वरोका बिरामीले स्वाद वा गन्ध थाहा नपाउने समेत भन्ने गरेका छन जुन कोभिडको हलमार्क अर्थात् मुख्य पहिचान पनि हो। कोभिडको अवस्था हाल नेपालमा कस्तो/के छ भन्नलाई यकिन तथ्यांक छैन तर यसबाट बच्ने उपायहरूको पूर्ण पालन गर्न छोडिसकेकाले फैलने अवस्थालाई पनि नजर अन्दाज गर्न सकिँदैन। अमेरिका, बेलायत लगायतका देशहरूमा हाल पनि कोभिड कम तर निरन्तर देखिरहेको÷फैलिरहेको तथ्यांकहरू छन्। यद्यपि कोभिड मौसमी संक्रमणको रूपमा फैलिरहेको भए पनि आत्तिहाल्नु पर्ने अवस्था भने होइन वा देखिँदैन।

अन्तमा, हाल अधिकांश संक्रमितमा केही दिनको आराम पछि फ्लु वा फ्लु जस्तो लक्षणहरू हराउने गरेको छ। खोकीले भने निरन्तर (केही हप्तासम्म ) सताइ रहेको देखिन्छ। जसलाई पोस्ट भाइरल कफ पनि भन्ने गरिन्छ। हाल वायु प्रदूषण उच्च रहेकाले पनि खोकीलाई थप लम्ब्याउन मद्दत गरेको हुनसक्छ। 

त्यस्तै, बहु संक्रमण सक्रिय भएकाले सम्भवत धेरैले बहुएपिसोड रुघाखोकी ज्वरोबाट ग्रषित भएका देखिन्छन्। यस्तो अवस्थामा संक्रमित जेष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक कमजोर भएका, गर्भवती, बालबालिका हुनुहुन्छ भने एकपटक चिकित्सकको परामर्श लिन उपयुक्त र बुद्धिमानी हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.