इलाममा एपीएफ च्याम्पियन

इलाममा एपीएफ च्याम्पियन
सुन्नुहोस्

इलाम : इलाम सदरमुकामको ठूलो टुँडिखेलमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबलको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ। शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो।

खेलको २५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एपीएफले अग्रता बनाएको थियो। एपीएफकी गीता रानाले पहिलो गोल गरेकी थिइन्। पहिलो हाफमा एक गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप एक गोल थपेको थियो। दोस्रो हाफमा सविता रानामगरले गोल गरेकी थिइन्।

आर्मीले दोस्रो हाफमा एक गोल गर्दै अग्रतालाई घटाएको थियो। आर्मीकी फरवार्ड विमला चौधरीले गोल गरेकी थिइन्। उपाधिसँगै एपीएफले चार लाख नगद पुरस्कार पायो। उपविजेता आर्मीले दुई लाखमा चित्त बुझायो। फाइनल खेलको प्लेयर अफ द म्याच एपीएफकी सविता रानामगर घोषित भइन्। उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरिन्।

उत्कृष्ट गोलरक्षक आर्मीकी अञ्जना रानामगर बनिन्। उनले १० हजार रुपैयाँ पाइन्। उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक, सर्वाधिक गोलकर्ता एपीएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटेले घोषित भए। सर्वोत्कृष्ट खेलाडी एपीएफकी अनिता बस्नेत घोषित् भइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.