पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीले भने- ‘राजनीतिमा हो भने 'यु आर वेलकम'

पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री ओलीले भने- ‘राजनीतिमा हो भने 'यु आर वेलकम'

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन चुनौती दिएका छन्। सुदूरपश्चिम प्रदेश सभाको १७औ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्।

‘फागुन ६ गते पूर्वराजाको कुरा सुन्दा अचम्म लाग्यो। मलाई साथ दिनुस्, म आउँछु, देश बनाउँछु, देश के भएको छ?,' प्रधानमन्त्री ओलीले प्रश्न गरे। ‘यस्ता अस्थिरताका क्रियाकलापहरूले देशलाई सभ्य ढंगले, सुसंस्कृत ढंगले अगाडि बढ्न दिँदैन,' उनले थपे।

ओलीले पूर्व राजालाई राजनीति आए स्वागत गरिने बताए। ‘अराजनीतिमा आउने कि राजनीतिमा? राजनीतिमा आउने हो भने 'यु आर वेलकम'। स्वागत छ। उमेदवार हुनुहुन्छ साथ माग्न हुनुहुन्छ, मजाले माग्न पाइन्छ। तर, अराजनीतिक कुरा गरेर देशमा अस्थिरता ल्याउन पाइँदैन।’

प्रधानमन्त्री ओलीले देशमा बिग्रेको आर्थिक अवस्थामा सुधार आइरहेको बताए। ‘मैले प्रधानमन्त्री हुुँदाको बेलाको अर्थब्यवस्था नाजुक थियो। गत वर्ष २५ प्रतिशत कम राजश्व संकलन भएको थियो। यो वर्ष ३० प्रतिशत बढी राजश्व संकलन गर्ने लक्ष्य लिएका छौं। अर्थब्यवस्था छिट्टै लयमा आउछ,’ उनले भने।

प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले यो सरकार २०८४ सालको चुनाव गरेरमात्र ढल्ने बताए। ‘अहिले सरकार आजै ढल्छ भोलि ढल्छ, भरे ढल्छ भनेर रमाउनेहरू बढी छन्। म के आश्वस्त पार्न चाहन्छु भने यो सरकार ८४ को चुनाव गरेरमात्र ढल्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.