युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते

युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
सुन्नुहोस्

झापा : झापाको बिर्तामोडमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बेसहित तीनजना माथि गएराति धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको छ । प्रहरीले घटनामा संलग्न खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेका छन् । 

घटना पश्चात् उनलाई बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ‘उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएका छौँ,’ डीएसपी खड्काले भने, ‘घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ ।’

आक्रमणबाट घाइते हुनेहरू जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका–४ का अन्दाजी ३७ वर्षीय आङदम्बे, एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा बिर्तामोड–९ का अन्दाजी ३५ वर्षीय विश्वद्वीप राजवंशी र एमालेकै कार्यकर्ता बिर्तामोड–४ का अन्दाजी ३० वर्षीय अजय खवास रहेका छन् । 

घाइतेहरूको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य दुई जनाको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । 

घटना बिर्तामोड–४ स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि ४५ वर्षीय खगेन्द्र खालिङ बस्ने डेराको अगाडि भएको थियो । गएराति पौने १ बजेको समयमा भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टमा उनीहरूले सँगै खाएका थिए । त्यसपछि खगेन्द्र खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठातर्फ लागेका थिए । 

कोठा पुगेर खालिङले आङदम्बेलाई त्यही बोलाएर हत्या गर्ने योजनाका साथ खुकुरी प्रहार गरेको बताइएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको कावेली हाइड्रोपावरसँगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद भइ घटना घटेको जनाइएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.