जलथल जंगलमा एउटा हात्ती मृत फेला
झापा : झापाको चारकोशे जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको छ। कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
जंगलभित्र बुधबार साँझ हात्ती मृत भेटिएको हो । मृतक हात्तीको वरिपरि ३–४ वटा हात्ती घेराहाली बसिरहेकोले त्यहाँ पुग्नै नसकिएको डीएसपी खडकाले भने।
डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली त्यहीं छ । हात्ती वयस्क हो कि छावा, भाले हो कि पोथी खुल्नै नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !