त्रिभुवन आर्मीले कर्णालीलाई दियो २६३ रनको बलियो लक्ष्य

त्रिभुवन आर्मीले कर्णालीलाई दियो २६३ रनको बलियो लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ। 
भैरहवास्थित, एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६२ रन बनाएको हो। 

आर्मीका लागि ओपनर ब्याटर तीर्थ राज दासले सर्वाधिक ६९ रन बनाए। उनले ८४ बलमा १० चौका प्रहार गरेका हुन्। 

अर्का ओपनर सन्तोष कार्कीले ११ रन बनाए , भिम सार्कीले ४० रन, कप्तान विनोद भण्डारीले ५६ रन बनाए। वसिर अहमदले ३६ रन बनाउँदा सोमपाल कामीले १३ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक ४ विकेट लिए। दिनेश अधिकारीले ३ विकेट लिए। सुनिल धमलाले २ विकेट लिए। आर्मीका र कर्णाली दुवैको यो तेस्रो खेल हो। आर्मीले दुवै खेल जितेको छ भने कर्णालीले २ खेलमा १ जित र १ हार बेहोरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.