युगान्डासँग ४० रनले हार्‍यो नेपाल

युगान्डासँग ४० रनले हार्‍यो नेपाल

काठमाडौं : वुमन्स डे कप २०२५ मा नेपाल युगान्डासँग पराजित भएको छ। नेपालले आफ्नो पाँचौं खेलमा युगान्डासँग ४० रनले पराजित भएको हो। ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो।

नेपालका लागि कविता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। यसअघि टस जितेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो।

युगान्डासँग पराजित भएसँगै नेपाल फाइनल होडबाट बाहिरिएको छ। नेपालले पाँच खेल खेल्दै जम्मा दुई अङ्क बटुल्दै अंक तालिकाको अन्तिम स्थानमा रहेको छ। यससँगै नेपालले फाइनल खेल्ने सम्भावना सकिएको हो। यस प्रतियोगिताका बाँकी ३ देश युगान्डा, नामिबिया र हङकङको समान ६ अङ्क रहेको छ।

​​​​​​​


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.