विपद् प्रतिकार्य नमुना अभ्यास

विपद् प्रतिकार्य नमुना अभ्यास
सुन्नुहोस्

बेनी : म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटा र वडा नम्बर–५ हाडेभिरमा शनिबार प्रदेश स्तरीय विपद् प्रतिकार्य नमुना अभ्यास प्रदर्शन गरिएको छ। 

गण्डकी प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर वाहिनीले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको टोलीले विपद् प्रतिकार्यका १० वटा नमुना अभ्यास प्रदर्शन गरेका हुन्। 

भूकम्पको अवस्थामा बच्ने र स्थानीय स्रोत साधनको प्रयोगबाट उद्धार गर्ने, नदीमा फसेकाको र्‍याफटिङबाट उद्धार गर्ने, खोलामा डोरीको सहायताले उद्धार गर्ने, भूकम्पका समयमा घरभित्र फसेकाको उद्धार, विद्युतको पोलमा लागेको आगो निभाउने, हिँडिरहेको अवस्थामा सडक माथिबाट पहिरो खसेर पुरिएका, सडकबाट सवारी साधनसहित खसेका, भीरमा अड्किएका, आगलागी, घाइतेको उपचार, राहत वितरण, अस्थायी शिविर, पुनर्वासको नमुना अभ्यास प्रदर्शन गरिएको थियो। 

विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीहरूको क्षमता विकासका साथै समुदाय स्तरमा सचेतना अभिवृद्धिका लागि नमुना अभ्यास गरिएको नेपाली सेनाको २३ नम्बर वाहिनीका वाहिनीपति जगतबहादुर पौडेलले बताए। 

उनका अनुसार नमुना अभ्यास प्रदर्शनको तयारीका क्रममा स्थानीय तहका जनप्रतिनिधि र उद्धारमा खटिने व्यक्तिहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो। 

अभ्यासको प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमता साथै नागरिक स्तरमा सचेतना अभिवृद्धिमा जोड दिएको बताए। 

‘भौगोलिक विविधतायुक्त गण्डकीमा बाढीपहिरो, डुबान, आगलागी, हिउँ पहिरोको जोखिममा रहेका स्थानको पहिचान गरि विपद्को पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका लागि सुरक्षा र सरोकारवाला निकायको क्षमता विकासका लागि प्रदेश सरकारले सहकार्यलाई निरन्तरता दिएका छौ,’ उनले भने ‘विपदबाट हुने क्षति न्यूनीकरणमा सावधानी अपनाउन समुदाय स्तरमा सचेतना अभिवृद्धिका लागि यस किसिमका नमुना अभ्यासले मद्दत गर्ने विश्वास लिएको छु।’

नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति मधुकर सिंह कार्कीले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीहरूको क्षमता विकासका साथै समुदाय स्तरमा सचेतना अभिवृद्धिका लागि नमुना अभ्यास गरिएको जानकारी दिए। 

हिउँपहिरो, बाढी, पहिरो, कटान, आगलागी, भूकम्प, सडक दुर्घटना, नदीमा डुब्ने, भीरमा लड्नेजस्ता विपद्का हिसाबले जोखिममा रहेको म्याग्दीमा क्षतिको न्यूनीकरणका लागि समुदाय स्तरमा नमुना अभ्यास गरिएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.