कालीगण्डकी नदीमा २ जनाको शव फेला

कालीगण्डकी नदीमा २ जनाको शव फेला
सुन्नुहोस्

तानसेन : कालीगण्डकी नदीको पाल्पा क्षेत्रमा दुई जना व्यक्ति मृत भेटिएका छन्। कालीगण्डकी नदीको बगनासकाली गाउँपालिकामा २ जना पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

सिन्धुलीको गोलाचौर गाउँपालिका-६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। 

मृत भेटिएका दुवैजना कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका मजदुर हुन्। मृतक अस्लामी बगनासकाली गाउँपालिका –६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अपरेटरको काम गर्दै आए थिए।

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीहरूसँगै क्याम्पमा सुतेकोमा २७ गते बिहान हेर्दा विस्तारामा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

कालीगण्डकी नदीमै मृत भेटिएका रास्कोटी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई जिल्ला अस्पताल पठाइएको पाल्पा प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.