स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा नयाँ सेवा थप्ने

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा नयाँ सेवा थप्ने
फाइल तस्बिर ।

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। १४ वटा अस्पतालमा चैत महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताए।

मन्त्रालयको तालिकाअनुसार अस्पतालहरूमा एक्सरे फिल्म हटाउनेदेखि आइभीआर सेवा थाल्ने, शय्या विस्तार लगायतका छन्। वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ। वीरसँगै ट्रमा सेन्टरले चैत महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छ।

भरतपुर अस्पतालले क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण थप गर्नेछ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैतभित्र क्षमता विस्तार गर्नेछ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो साताभित्र आरम्भ गर्नेछ। 

कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत तेस्रो साताभित्र आरम्भ गर्नेछ। यसैगरी भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ। परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ।

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ। डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमुना संकलन सेवा चैत तेस्रो साताभित्र सुरु हुनेछ। नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ।

भेरी अस्पतालले भने १० आइसीयु शय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ। चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन्। सोहीअनुसार संघीय अस्पतालहरूले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.