काठको मुढाले लागेर महिलाको मृत्यु
गोरखा : काठको मुढाले टाउकोमा लागेर घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। बारपाक सुलिकोट गाउँपालिका-४ तुक्राङका ६९ वर्षीया बिमाया बरामको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।
स्थानीय बोरीखर्क जंगलमा घाँस काट्न गएकी बराम भीरबाट खसेको मुढाले लागेर घाइते भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डीएसपी सुवेदीले बताए। घटनाका बारेमा इलाका प्रहरी कार्यालय जौबारीबाट खटिई गएका प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !