विराटनगरमा नीजि अस्पतालको मनोमानी : एक महिनाभित्र पैसा तिर्ने शर्तपछि मात्रै अस्पतालले दियो शव

विराटनगरमा नीजि अस्पतालको मनोमानी : एक महिनाभित्र पैसा तिर्ने शर्तपछि मात्रै अस्पतालले दियो शव
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : स्वास्थ्य क्षेत्रमा ख्याति कमाएको विरानगरको गोल्डेन अस्पतालले शव बन्धक बनाएर पीडित परिवारसँग पैसा तिर्न कागज बनाइ शव जिम्मा दिएको खुलेको छ। दुर्घटनामा परि घाइते भइ गोल्डेन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका ३० वर्षीय सञ्जय कामतको शव बन्धक बनाएर पैसा तिर्ने कगजात बनाइ परिवारलाई जिम्मा लगाएको हो ।

कामतको मृत्यु भएपछि अस्पतालले भनेजति पैंसा तिर्न परिवारले नसकेपछि एक महिनाभित्रमा तिर्नुपर्ने कागज गरेर शव परिवारलाई जिम्मा लगाएको हो । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कामतको उपचारको क्रममा बिहीबार राति मुत्यु भएको थियो ।  

मनोज स्क्रिन प्रिन्टमा कार्यरत कामत काम सकेर घर फर्किंदै गर्दा सुनसरी बर्जु गाउँपालिका–५ का २७ वर्षीय राजेश चौधरीले मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । आठ दिनको उपचारपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

 उपचार खर्च तिर्न नसकेपछि दुर्घटना गराउने चौधरीलाई अस्पतालले मृतक परिवारलाई ७ लाख रुपैयाँ तिर्न दबाब दिएको पाइएको छ । आर्थिक रूपमा कमजोर अवस्थामा रहेका मृतकका परिवारले यति ठूलो रकम जुटाउन नसक्दा अस्पतालले शव हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । मृतकका भाइ अजयकुमार कामतले  अस्पतालले पैसा नदिएसम्म शव नदिने भन्दै अमानवीय व्यवहार गरेको बताए।

आफूहरूले तत्काल कतैबाट अस्पतालले भने जति रकम तिर्न नसक्ने भएपछि कागजात गरेको बताए । शवसँग मात्रै खेलवाड नगरी परिवारको दुःखद अवस्थामा थप पीडा थप्ने कार्य अस्पतालले गरेको उनले बताए । अस्पतालको अडानपछि मृतकका आफन्तले स्थानीय जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका थिए । 

विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत र विराटनगर–६ का वडाध्यक्ष अक्षय सहनीको हस्तक्षेपपछि मात्र शव लैजान पाउने सहमति भएको बताइएको छ । ‘स्थानीय जनप्रतिनिधिहरू आएपछि दुर्घटना गराउनेबाट एक महिनाभित्रमा हस्पिटलले भनेजति पैंसा तिर्नुपर्ने कागज गराएपछि मात्रै शव दिएको विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले बताए ।  

यस विषयमा हस्पिटलका प्रतिनिधि मोहम्मद ज्याहुल हकसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । 
विराटनगरको गोल्डेन अस्पताल । तस्बिर : जितेन्द्रनारायण ठाकुर 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.