नेपालमा लोडसेडिङ हुन नदिन भारतसँग कूटनीतिक पहल गरेँ : परराष्ट्रमन्त्री राणा
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा लोडसेडिङ हुन नदिन भारतसँग कूटनीतिक पहल गरेको बताएकी छन्। नयाँ दिल्लीमा आयोजति राइसिना डायलग कार्यक्रम सकाएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले भारतीय पक्षसँग नेपालमा लोडसेडिङ हुन नदिन पहल गरेको दाबी गरिन्।
'नेपालमा विद्युत् समस्या समाधान गर्न भारतीय पक्षसँग कूटनीतिक पहल गरेको छु। विद्युत् आपूर्तिसम्बन्धी प्रस्ताव फेब्रुअरीमै पठाउनुपर्ने थियो। तर, के कारणले विद्युत् प्राधिकरणले पठाएन। नेपालमा आपूर्ति हुने विद्युत्को परिणाम बढाउन भारतीय पक्षसँग अपील गरेको छु,' उनले भनिन्। उनले विद्युत् समस्या समाधान हुने दाबी गरिन्।
त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता भएको र नेपाल र भारतबीचको आपसी हितका विषयमा छलफल भएको उनले बताइन्। छलफलमा नेपालमा र भारतबीच बनेका संयन्त्रहरूको समीक्षा र क्रियाशील बनाउने विषयमा दुवैतर्फबाट जोड दिइएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !