दृष्टिविहीन विद्यार्थीलाई ६ कक्षा पढ्ने चिन्ता

दृष्टिविहीन विद्यार्थीलाई ६ कक्षा पढ्ने चिन्ता
सुन्नुहोस्

मुगु : छायाँनाथ रारा नगरपालिका-२ चैना गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई माथिल्लो कक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउन थालेको छ।

चैना गाउँमा रहेको यो विद्यालयमा २०६५ सालबाट कक्षा १ देखि ५ सम्म दृष्टिविहीन बालबालिकाको लागि आवासीय रूपमा विशेष कक्षा सञ्चालन भएको छ। अहिले यो विद्यालयमा ११ जना बालबालिका अध्ययनरत छन्। ती विद्यार्थीहरूका लागि पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा पाँच भन्दामाथि पढ्नका लागि जिल्लामा कुनै सुविधा नहँुदा माथिल्लो कक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउन थालेको ती विद्यार्थीले बताएका हुन्।

यो शैक्षिक सत्रको अन्त्यमा विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीले वार्षिक परीक्षामा सामेल भएका छन्। ११ जना मध्ये ४ जनाले कक्षा ५ को परीक्षा दिएका छन्। यो महिनाको तेस्रो सातासम्म उनीहरूको नतिजा प्रकाशन हुनेछ। वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएपछि सबैभन्दा बढी कक्षा ५ बाट उत्तीर्ण हुने विद्यार्थीलाई माथिल्लो कक्षा कहाँ पढ्ने तथा अभिभावक र शिक्षकलाई कहाँ पढाउने भन्ने चिन्ताले सताएको शिक्षकहरू बताउँछन्।

कक्षा १ देखि ५ सम्म आफ्नो छोरो यो विद्यालयमा पढ्दै आएको र छोराको पढाइ पनि अरू विद्यार्थीभन्दा कम नभएको सोरु गाउँपालिका—९ सिड्ी गाउँका मनबहादुर रावलका बुवा गोरा रावलले बताए। मन पढाइसहित अन्य क्रियाकलापमा पनि उत्तिकै तेजिलो भएको शिक्षकहरूले आफूलाई बताउने गरेको मनका बुवा गोराले बताए।

उनको छोरा ५ कक्षाको परीक्षा दिएर छात्रबास बसेको छ। यो महिनाको तेस्रो हप्तासम्म परीक्षाको नतिजा आउने उनले जनाए। उनको छोराले माथिल्लो कक्षाहरू पढेर पत्रकार वा वकिल बन्ने सोच राखेको छ। उसलाई ५ कक्षा पास भएपछि कहाँ पढ्ने भनेर बेलाबेला आफूलाई सुनाउँदै आएको उनले बताए। ‘घरको आर्थिक अवस्था कमजोर छ। आफ्नै खर्चले अन्यत्र पढाउन सजिलो छैन। अब उसलाई घर ल्याउनबाहेक अर्को विकल्प छैन’, मनबहादुरका बुवा गोराले बताए।

विद्याललयमा अध्ययनरत यी विद्यार्थीलाई मासिक चार हजारका दरले सरकारले खर्च दिने गरेको छ। मासिक पाउने चार हजारबाट उनीहरूको स्टेसनरी, खाना र सरसफाइका सामग्रीमा खर्च हुन्छ। उनीहरूको बस्नको लागि छा—याँ नेपालनामक गैरसरकारी संस्थाले अपांगमैत्री छात्रावासको व्यवस्थापन गरेको छ। यहाँ अध्ययनरत विद्यार्थीलाई जसोतसो गरी ५ कक्षासम्म पढाएको भए पनि त्योभन्दा माथिल्लो कक्षा पढ्ने वातावरण नदेखिएपछि अभिभावकलाई जिम्मा लगाउनुबाहेक अर्को विकल्प नभएको विद्यालयका प्रधानाध्यापक दिलीपकुमार शाहीले बताए।

प्रधानाध्यापक शाहीका अनुसार विद्यालयको कक्षाको तहअनुसार अन्य विद्यार्थीभन्दा दृष्टिविहीन विद्यार्थीको पढाइ राम्रो भए पनि माथिल्लो कक्षाका पढ्नबाट वञ्चित हुने कारणले विद्यालय परिवार नै चिन्तामा रहेको बताए।

आफू ५ कक्षासम्म ब्रेनलिपि माध्यमबाट पढ्दै आएको र यो माध्यमबाट माथिल्लो कक्षा पढ्न र बस्नका लागि सुविधा जिल्लाको अन्य विद्यालयमा नभएको मनबहादुरको चिन्ता छ। ‘यो विद्यालयको छात्राबासमा बसेर अन्य विद्यालयमा पढ्न जान हाम्रो लागि सम्भव पनि नभएकाले पढाइका लागि नगरपालिकासहितका प्रदेश र संघीय सरकारले व्यवस्था गरिदिएको भए हुने थियो’, मनले भने।

विद्यालयमा ६ जना छात्र र ५ जना छात्रा छन्। ब्रेललिपिमार्फत पढाउन सात दिनको तालिम पाएकी शिक्षिका बोबीमाया शाही घर्तीले ब्रेललिपि माध्यमबाट पढाउँदै आएको भए पनि अन्य शिक्षकशिक्षिकाहरूलाई समेत थप तालिमका लागि सरकारी तथा गैरसरकारी संस्थासँग विद्यालयले अनुरोध गर्दै आएको छ। विद्यालयको अनुरोधलाई कसैले पनि सुनेका छैनन्। अन्य शिक्षकलाई समेत १५ दिनसम्मको आवश्यक बे्रललिपि मध्यमबाट पढाउनका लागि तालिम उपलब्ध भएको भए ५ कक्षासम्म ती विद्यार्थीलाई पढाउन सहज हुने विद्यालयकी शिक्षिका विष्णुमाया शाहीले बताइन्।

२०६५ सालबाट दृष्टिविहीन विद्यार्थीका लागि विशेष कक्षा सुरु भए यता कक्षा ५ उत्तीर्ण गरेर १८ जना बाहिरिएका छन्। घरको आर्थिक अवस्थाका कारण माथिल्लो कक्षा पढ्ने सोच हुँदाहुँदै १८ जनामध्ये १५ जना बालबालिका ५ कक्षासम्मै पढेर घरमै रहेका र बाँकी ३ जनाले मात्रै माथिल्ला कक्षा पढ्न पाएका छन्। हरिकृष्ण भट्ट सुर्खेतमा अंग्रेजी विषयमा बीएड दोस्रो वर्षमा अध्ययनरत छन्। मदन रोकाय नेपालगन्जमा अध्ययनरत छन्। कक्षा १२ सम्म जुम्लामा पढेका रामकृष्णा सावद माथिल्लो कक्षा पढ्ने सोच हुँदाहँुदै घरको आर्थिक अवस्था कमजोरका कारण घरमै छन्। यो विद्यालयमा जति जना अध्ययनरत हुन्छन् उनीहरू कक्षा ५ सम्म मात्र पढ्न बाध्य हुनुपर्ने अवस्था छ। माथिल्लो कक्षा अध्ययन गर्ने गरेर घर फर्कनुबाहेक अरू विकल्प नरहेकोे प्रधानाध्यापक शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.