बेलबारी बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन सम्पन्न, ६८ प्रतिशत मत खस्यो

बेलबारी बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन सम्पन्न, ६८ प्रतिशत मत खस्यो
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारीमा रहेको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)को नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको छ। 

स्ववियुको निर्वाचनको मतदान दिउँसो २ बजे सम्पन्न भएको हो। विद्यार्थी संगठन बीचको मनोनयन विवादका कारण चैत ५ गते चुनाव हुन सकेको थिएन। विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित मोरङका १० वटा क्याम्पसमा मात्रै निर्वाचन भएको थियो। 

बेलबारी क्याम्पसमा चैत ५ गते हुनुपर्ने स्ववियुको निर्वाचन शनिबार भएको हो। मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई समय तोकिएको थियो। तोकिएको समयमा ३ सय ७१ मत खसेको निर्वाचन समितिले जनाएको छ। ५ सय ४७ मतदाता थिए। 

करिब ६८ प्रतिशत मत खसेको छ। निर्वाचन समितिका अनुसार चुनाव सकिएसँगै सर्वदलीय बैठकको तयारी भइरहेको छ। सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने निर्वाचन समितिले उल्लेख गरेको छ। 

स्ववियु सभापतिमा अखिल क्रान्तिबाट कपिल विष्ट र अनेरास्ववियुबाट प्रशान्त पोखरेल उम्मेदवार छन्। आन्तरिक विवाद एवं द्वन्द्वका कारण नेविसंघ निर्वाचन प्रक्रियामा सहभागी भएन। नेविसंघबाट पुरुषोत्तम पौडेल र नवराज भुजेल सभापतिका आकांक्षी थिए। 

पौडेल गगन थापा र भुजेल डा. शेखर कोइराला पक्षधर हुन्। नेविसंघका आकांक्षीले समयमा मनोनयन दर्ता नगरेपछि निर्वाचन समितिले अखिल क्रान्तिकारी र अनेरास्ववियुका तर्फबाट दर्ता भएको उम्मेदवारीलाई मात्रै मान्यता दिएको थियो। विवादका कारण समयमा निर्वाचन हुनसक्ने अवस्था नबनेपछि निर्वाचन समितिले राजीनामा नै दिएको थियो। तर, अहिले आएर त्यही निर्वाचन समितिले मतदान सम्पन्न गराएको क्याम्पसले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.