चन्द्रपुरमा घाइते हात्ती ‘यमगज’को आतंक

चन्द्रपुरमा घाइते हात्ती ‘यमगज’को आतंक

रौतहट : महिनौँदेखि चन्द्रपुर नगरपालिकाको जङ्गल क्षेत्रमा बस्दै आएको घाइते हात्ती ‘यमगज’को आतंकका कारण स्थानीय कृषकहरू ठूलो समस्यामा परेका छन्। विशेषगरी चन्द्रपुर–३ गैंडाटार पुरानोटोल का किसानहरू बालीनाली नष्ट भएपछि आर्थिक संकटमा परेका छन्।

स्थानीय कृषकका अनुसार घाइते भए पनि हात्ती रातको समयमा खेतबारीमा पसेर केरा, मकै, धान, काउली लगायतका बाली सखाप पार्ने गरेको छ। ‘रातभर जाग्राम बस्नुपर्छ। हात्तीले खाएर मात्र होइन, कुल्चेर समेत बाली नष्ट पार्छ। खेतीयोग्य जमिनमै डेरा जमाएपछि समस्या झन् बढेको छ,’ स्थानीय  कृषक सागर दाहालले गुनासो गरे।

सामान्यतया घाइते हात्ती जङ्गलमै बस्ने गरे पनि हाल आएर गाउँ नजिकै नर्सरी क्षेत्रमा आश्रय लिएको छ। हात्तीले खेतीबाली नष्ट गर्नुका साथै स्थानीयवासीलाई समेत डरत्रास बढाएको छ। ‘एकातिर हात्ती घाइते भएर असहाय छ, अर्कोतिर हाम्रो खेतबारी सखाप पार्दैछ। किसानको जीवनयापनमै असर पर्ने गरी हात्तीले क्षति पुर्‍याए पनि समाधानका लागि कुनै निकायले ध्यान दिएको छैन,’ स्थानीय कृषकहरूले गुनासो गरे।

यसअघि पनि किसानहरूले डिभिजन वन कार्यालय र स्थानीय प्रशासनलाई हात्तीको आतंकबारे जानकारी गराएका थिए। तर, उद्धार र उचित व्यवस्थापनको अभावले समस्या झन् बढ्दै गएको छ। ‘सरकारले हात्ती संरक्षण गर्छ तर किसानको क्षति कसले बेहोर्छ? खेती चौपट हुँदा राहत कसले दिन्छ?’  स्थानीय किसानहरूले प्रश्न उठाए।

यस विषयमा चन्द्रपुर–३ का वडाध्यक्ष बोधनाथ देवकोटाले घाइते हात्तीलाई तत्काल उद्धार गरेर अन्यत्र सार्नुपर्ने बताएका छन्। ‘हात्तीलाई उद्धार गरी निकुञ्जले लैजानुपर्छ। यदि तत्काल उद्धार नगर्ने हो भने किसानहरूले बाध्य भएर डिभिजन वन कार्यालयमा धर्ना दिने र प्रदर्शन गर्नेछन्,’ उनले भने।

स्थानीय कृषकहरूले घाइते हात्तीको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। यदि तत्काल समाधान नभए किसानहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.