व्यवस्थापन समितिका कारण बेलडाँगी शिविर भित्रको विद्यालयमा समस्या

व्यवस्थापन समितिका कारण बेलडाँगी शिविर भित्रको विद्यालयमा समस्या

झापा : व्यवस्थापक समितिको असक्षमता र आन्तरिक चलखेलका कारण झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित इसीडीसी बोर्डिङ स्कूलको विद्यालयमा समस्या उत्पन्न भएको छ। 

समितिले प्रधानाध्यापक मनिहाङ सुब्बा र लेखापाल दावा तामाङलाई अवकाश दिने निर्णय गरेपछि उत्पन्न भएको विवादका कारण समस्या सिर्जना भएको हो। उनीहरूलाई हटाउने निर्णयपछि सचिव संचहाङ सुब्बाले आफू निकटका दुई व्यक्तिलाई राख्न निर्णय गरेका थिए। सो निर्णयप्रति असहमति राख्दै १७ जना शिक्षकले सामूहिक राजीनामा दिएका थिए। शिक्षकको सामूहिक राजीनामाका कारण दुई दिनसम्म परीक्षा प्रभावित बनेको थियो। 

त्यसपछि अभिभावकहरूको भेलापश्चात विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई पुनः नियुक्ति गर्नुपर्ने माग राख्दै विरोधमा उत्रिएका थिए। विवाद उत्पन्न भएपछि चैत ७ गते सर्वपक्षीय बैठक बोलाएर विवाद मिलाइएको व्यवस्थापन समितिका सचिव सुब्बाले बताए। 

‘विवादका कारण विद्यार्थीहरूको परीक्षा रोकिएकाले प्रधानाध्यापक र लेखापालसहित सम्पूर्ण शिक्षकहरूलाई पुनः नियुक्ति गरेर विद्यालय सञ्चालनमा ल्याएका छौँ,’ सचिव सुब्बाले भने, ‘शिक्षकहरूले राजीनामा फिर्ता लिएको छैन, हाल विद्यालय व्यवस्थापन समितिलाई निष्क्रिय बनाएर राख्ने निर्णय गरेका छौँ।’ नयाँ शैक्षिक वर्ष सुरु भएलगतै नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालयको समस्या समाधान गरिने उनको भनाइ छ।  

समितिका सचिव सुब्बाको उक्साहटमा अध्यक्ष तिलक राईले प्रधानाध्यापक र लेखापाल हटाउन बाध्य पारेको स्रोतले बताएको छ। अहिले शिक्षकहरूसँगको वार्तापछि समस्याको समाधान भए पनि विद्यालयमा पठनपाठनको वातावरण भने बिग्रँदै गएको एक अभिभावकले बताए। 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक राईले चैत ३ गते प्रधानाध्यापक सुब्बा र लेखापाल तामाङलाई अवकाश दिने निर्णय गरेको थियो। उनीहरूलाई चैत ४ गते अवकाश दिएपछि चैत ५ गते विद्यालयका सम्पूर्ण शिक्षकहरूले सामूहिक राजीनामा दिएका थिए। चैत ६ गते विद्यालय बन्द भएपछि चैत ७ गते अभिभावकहरू शिक्षकहरूको पक्षमा उत्रिएका थिए।

हाल विद्यालयमा १७ शिक्षक कार्यरत रहेका छन्। नर्सरीदेखि कक्षा १ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा विद्यार्थी सङ्ख्या १४७ रहेको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.